फरक फरक स्थानबाट झन्डै ५३ लाख रुपैयाँ नक्कली नोटसहित ९ जना पक्राउ

२६ साउन २०८०, काठमाडौं – ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नेपाली मुद्रासहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।रुपन्देहीबाट बिहीबार बिहान काठमाडौं आउँदै गरेको लु.१प ५ नम्बरको पर्यटक बसबाट प्रहरीले ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो । यस्तै गोंगबुबाट १७ लाख २ हजार नक्कली नोट बरामद गरेको थियो ।

प्रहरीले शुक्रबार पत्रकार गरी दिएको जानकारीअनुसार दुई ठाउँबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नेपाली मुद्रा बरामद भएको हो । यसैबीच काठमाडौं थानकोट, गोंगबु र भक्तपुरबाट नेपाली नक्कली नोट र नोट बनाउन प्रयोग गरिने सामानसहित केही व्यक्ति बिहीबार पक्राउ परेका थिए । प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ४, बुढाथोकी गाउँबाट सिन्धुपाल्चोक बलेफी नगरपालिका ७ का ४० वर्षीय अर्जुन सुवेदीको कोठाबाट नक्कली नोटसहित नोट बनाउन प्रयोग गरिएका सामग्री बरामद भएको छ ।

पक्राउ पर्नेमा सुवेदीसहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ६ घर भई काठमाडौं मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, २३ वर्षीय श्रीकृष्ण भण्डारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ६ घर भई काठमाडौंको पेप्सीकोला सनसिटी बस्ने २६ वर्षीय सुशील कार्की, सोही स्थानका ३२ वर्षीय शिव भण्डारी, नवलपरासी पश्चिम सरावल गाउँपालिका १ की ३५ वर्षीया पार्वती नेपाली रहेका छन् । गुल्मी मुसीकोट नगरपालिका २ वडागाउँ घर भई सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई काठमाडौं मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा र झापा घर भई सामाखुसी बस्ने युवराज राई पनि पक्राउ परेको भक्तपुरका प्रहरी प्रमुख एसपी प्रजित केसीले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संखुवासभा कारागारकाे कैदी मृत्यु घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमाः गृहकाे टाेलीबाट छानविन शुरू
Next post ‘फोक्सट्रोट चार्ली’ अभियानबाट २४ घण्टामा ९ जना नक्कली चिकित्सक पक्राउ