
२४ घण्टामा नेपालमा ५४ जना संक्रणमुक्त, ११२ संक्रमित थपिए

१४ फाल्गुन २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ५४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय ७७ रहेको छ । यस्तै, १ सय १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।
मुलुकका विभिन्न प्रयोगशालमा हालसम्म २१ लाख ५७ हजार ५ सय ९० पीसीआर नमुनाको परीक्षण भएका छन् । ७१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
More Stories
माछाकाे मःमले आकार्षणः स्वदेशमै विदेशमा भन्दा राम्राे कमाइ, मासिक १० लाखसम्म काराेवार (फाेटाे–भिडियाे कथा)
७ जेष्ठ २०८२/डिकेश लामा झापामा केही किसानले माछामा मुल्य श्रृङखलाको विधि प्रयोग गरी माछा पालन व्यवसाय थालेका छन् । माछा उत्पादन...
झापामा मकै खेती र उत्पादन बढ्दैः १० अर्व मुल्यकाे मकै एकै सिजनमा उत्पादन
६ जेष्ठ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै ३ देखि ४ लाख मेट्रिक टनसम्म मकै उत्पादन गर्ने झापाका किसानले यो...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...