सरकारले टिकटक प्रतिबन्ध गर्ने निर्णयकाे स्वागत तथा विराेध

२७ कार्तिक २०८०,काठमाडौँ– सरकारले चीनबाट शुरू गरिएकाे सामाजिक संजाल एप टिकटक प्रतिबन्द गर्ने घाेषणा गरेकाे छ ।  सोमबार मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकाे हाे । टिकटक प्रतिवन्ध गरेकाे विषयमा सामाजिक संजालमा नकरात्मक तथा सकरात्मक दुवै प्रतिकृयाहरू अाउन थालेका छन् । यस विषयमा काँग्रेश पार्टीका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि बन्दै गरिनु गलत भएको बताउनु भएकाे छ ।  उहाँले भन्नु भएकाे छ, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

यसैगरी साेमबार बसेकाे मन्त्री परिषदकाे वैठकले ‘मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्‌समेत उल्लेख गर्ने’ निर्णय समेत गरेकाे छ । नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । त्यही मागलाई सम्बोधन गर्दै सरकारले मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तिहारकाे वेला आगलागीकाे घटना बढ्दैः आगाे नियन्त्रण गर्दा १८ जना घाइते
Next post लक्ष्मीपूजा राती खुकुरी प्रहार गरी हत्या गरिएकाे अभियाेगमा ७ जना पक्राउ