झापामा जंगली हात्तीको आतंक बढ्दै

९ मंसिर २०८०/सारासन्देश समाचार

झापामा केही दिन यता जंगली हात्तीले अन्नबाली नष्ट गर्ने कार्य अधिक बढेको छ । १ साता अघि झापाको दमकमा रहेको हंसे दुम्से सामुदायिक बनमा २८ वटाको बथानमा आएको हात्तीले २ दर्जन बढी किसानको अन्नवाली खाने देखि घर भत्काउने जस्ता कार्य गरेको दमक वडा नं. ३ का अध्यक्ष नविन बरालले जानकारी दिनु भयो ।

धान पाकेर उठाउने यो वेला झापाको दमक, कमल, मेचिनगर र हल्दिबारीमा अधिक मात्रमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । हात्तीले ३ वटा घर र गुम्बामा समेत क्षति गरेको छ । मेचिनगर नगरपालिका वडा नं. १३ र हल्दिबारी २ मा गरी घर भत्काउँदा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै वेलडाँगी शरणार्थी शिविरका ७२ बर्षीय पदमलाल तामाङको ज्यान समेत लिएको छ । पाकेको अन्नबाली जोगाउन किसानले रातभर जाग्रम बसेर साईरन र आगो बालेर हात्ती रुङ्ने गरेको दमक वडा नं. ३ का सामाजिक अगुवा हिमदल भण्डारीले बताउनु भयो । लामो समय देखि हात्ती र मानवबीच भएको द्वन्द्व न्यूनिकरणका लागि सरकारले स्थायी उपाय खोज्नु पर्ने हात्ती प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् । यस बर्ष मात्र झापामा ६ जनाकाे हात्तीले ज्यान लिइ सकेकाे डिभिजन बन कार्यालय झापाले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाली विमाले किसानलाई राहतः गाैरादहका किसान विमा आकार्षित
Next post अन्न भण्डारणले किसानलाई सहजः साना किसानले बनाए ठूलो क्षमताका गोदाम घरहरु (फाेटाे फिचर)