कमल गाउँपालिकामा नयाँ विधीबाट बनाइएको प्राङगरिक मल निशुल्कि वितरणः मल प्रति किसानकाे आकार्षण बढ्दै (फाेटाे फिचर)

२५ माघ २०८०/डिकेश लामा

भारतका कृषि प्राविधिकको सहयोगमा नयाँ विधिले बनाइएको प्राङगरिक मलको परिणाम राम्रो देखिए पछि किसानको आकार्षण बढेको छ । कमल गाँउपालिकाले १६ लाख बजेटमा निर्माण थालेको मलको माग बढे पछि व्यवसायिक किसानलाई निशुल्क वितरण गर्न समेत थालिएको छ ।

संघीय सरकारले रासायनिक मलको अभावलाई परिपूर्ती गर्न यस बर्ष आवश्यक मल वितरण गरे पनि कमल गाउँपालिकाले भने आफैले उत्पादन गरेको प्राङगरिक मलको प्रयोगलाई जोड दिन थालेको छ । रासायनिक मल र विषादीको प्रयोगले मानाव स्वास्थ्य देखि माटो र पर्यावरणमा समेत असर गर्न थाले पछि पालिकाले जैविक मल र विषादी निर्माण गरी किसानलाई निशुल्क दिन थालेको पालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो । राईका अनुसार यस बर्ष प्रदेश सरकारको ३० लाख रुपयाँ बजेटमा थप मलको कारखाना निर्माण प्रकृया थालिएको छ । कारखाना निर्माण पछि रासायनिक मल जस्तै साना दाना आकारमा मल बनाउने मेशिन समेत खरिद गरी बृहत प्राङगरिक मल उत्पादन गरी किसानलाई वितरण गरिने बताउनु भयो । उहाँका अनुसार आगामी बर्षबाट कृषि क्षेत्रको विकासमा बजेट बृद्धि गरी कृषि क्षेत्रको विकास गरी समृद्ध पालिका निर्माण जोड दिइने बताउनु भयो ।

खासगरी व्यवसायिक र बृहत रुपमा खेती गर्ने किसानलाई छनौट गरी मल वितरण गर्न थालिएको छ । यस अघि पालिकाले निर्माण गरेको कमल एनपिके नाम दिएको मलको परिणाम राम्रो देखिए पछि मल प्रति किसानको आकार्षण समेत बढ्दै गएको छ । कलम गाउँपालिका वडा नं.१ का किसान प्रमिला थापाका अनुसार प्राङगरिक मलको प्रयोगले मानव स्वास्थ्य देखि माटोको अवस्था समेत राम्रो हुने भएकाले यसको प्रयोगलाई जोड दिइएको बताउनु भयो ।

गाउँपालिकाले भारतका कृषि वैज्ञानिकको प्राविधिक सहयोगमा यस बर्ष देखि ठूलो परिमाणमा मल बनाउने कार्य थालेको छ । प्राङगरिक डल्ले मलमा पोटासियम, फोसफोरस र क्याल्सियमको मात्रा हुने भएकाले यो मल कृषि कार्यका लागि उपयुक्त भएको कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताउनु भयो । बोहोराका अनुसार यस बर्ष देखि यो नयाँ विधीबाट बनाइएको मलको परिणाम समेत राम्रो भएको छ । प्रयोग गरिसक्ने किसानको राम्रो प्रतिकृया आए पछि २० केजीका दरले ५ सय बोरा मल वितरण गरिएको उहाँले बताउनु भयो । नेपालमा हरेक बर्ष रासायनिक मल खरिदका लागि सरकारले १५ देखि २० अर्व रुपयाँ बजेट विनियोजन गर्दै आएको छ । देशका भरका सवै पालिकाले प्राङगरिक मल उत्पादनमा जोड दिने हो भने आर्थिक समृद्धिसँगै मानव स्वास्थ्यमा समेत फाइदा पुग्ने कृषि विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सर्वोच्च अदालतद्वारा गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टाको निर्णय बदर गरियाे
Next post कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमतिः पूर्ननामकरणमा पहल थालिने