घर जग्गा कारोबारमा भारी गिरावटः सेवाग्राही अझै मारमा

२० साउन २०८१/डिकेश लामा

झापामा घर जग्गा किनवेचको कारोवार ह्वात्तै घटेको छ । आर्थिक तरलताका कारण वैंक तथा वितीय संस्थाले लगानी गर्न नमाने पछि अघिल्ला बर्षहरु भन्दा धर जग्गा खरिद विक्री कम भएको हो ।

झापाको दमकमा रहेको मालपोत कार्यालय ५ वटा पालिकाको कार्य क्षेत्रमा पर्दछ । यस कार्यालयबाट आर्थिक बर्ष २०७९÷८० मा १४ हजार ३ सय ४२ वटा जग्गा खरिद विक्री भएका थिए । तर यो बर्ष १० हजार ९ सय ६२ वटा संख्यामा जग्गाको कारोवार खुम्चिएको छ । आर्थिक मन्दीका कारण जग्गा खरिद विक्रीमा समेत कम भएको कार्यालयका सूचना अधिकारी मालपोत अधिकृत कमल पनेरुले बताउनु भयो । खासगरी वैंक र वितीय संस्थाबाट नै कारोवारमा ऋण उपलव्ध कम गरे पछि कारोबार घटेको उहाँले बताउनु भयो ।

दमक मालपोत कार्यालयमा विगत बर्षमा ठूलो भीड हुन्थ्यो । तर त्यो भीड विस्तारै कम हुँदै गएको छ । विगत बर्ष भन्दा आधा भन्दा कम चहलपहल घटेको नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशन दमकका सचिव गगन शिवाकोटीले बताउनु भयो । शिवाकोटीका अनुसार संस्थाले गत बर्ष २३ हजार बढी फर्म विक्री गरेकोमा यो बर्ष झण्डै आधा मात्र विक्री भएको छ । विगत बर्षमा आफ्नो फर्मबाट दैनिक ८ देखि १० वटा घरजग्ग खरिद विक्रीको काम गर्दै आएकोमा यो बर्ष आधा भन्दा कम भएको बताउनु भयो ।

भुउपोग नीति २०७९ लाई २०८० मा संशोधन गरी स्थानीय तहसम्म कार्यान्वयनमा ल्याए पछि जग्गाको मुल्य तथा मापन समेत हेरफेर भएको छ । जसले गर्दा जग्गाको मुल्याङकन समेत बृद्धि भएको छ । गत आर्थिक बर्षमा ३५ करोड हाराहारीमा कर संकलन भएको छ । जुन जग्गाको मुल्याङ्कन बृद्धिले गर्दा कारोवार घटे पनि अघिल्लो बर्षको तुलनामा २ करोड हाराहारीमा मात्र कमी हो । कारोबार घटे पछि मालपोत तथा नापी शाखामा खासै भीड छैन । तर पनि सेवाग्राहीले भने सहज सेवा नपाएको गुनासो गरेका छन् ।

दमक वडा नं. ८ की रुद्रकुमारी लामिछाने मगरका अनुसार वैंकले नै विच्यौलाको काम गरी फलनाकोमा जानु भनी महँगो शुल्क तोक्ने र उनीहरु मार्फत काम नगरे ढिला सुस्ती गर्ने गरेको बताउनु भयो ।
मालपोत कार्यालय दमक आसपास मात्र १ सय भन्दा बढी लेखापढी व्यवसायका फार्महरु संचालनमा रहेका छन् । एशोसियशनबाट काम अनुसारको मुल्य निर्धारण गरेको भए पनि मान्छे हेरेर बढी शुल्क लिने गरेको सेवाग्राहीले बताएका छन् ।

अललाइन सेवा शुरु गरिएको भए पनि कतिपय समयमा सिस्टममा आएको ढिलाईले थप सेवाग्राही मारमा पर्ने गरेका छन् । सरकारले सुशासनको नारा ओकल्दै आए पनि मालपोत जस्तो भीड हुने कार्यालयकै सिस्टम वेला वेला लामो समय नचल्ने समस्या आउने गरेको कर्मचारीले बताएका छन् ।

कोरोना काल अघि सहकारी देखि वैंक वितीय संस्थाले समेत जग्गा खरिद विक्रीमा उल्लेख्य लगानी गर्ने गरेका थिए । अनुत्पादकमा क्षेत्रमा ठूलो लगानी भएकाले हाल आएर आर्थिक मन्दि सृजना भएको अर्थ विज्ञहरुले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ३ अर्व २६ करोडको चिया निर्यात
Next post हुलाकी सडकको विजोगः १६ बर्षसम्म पनि पुल नबन्दा अझै डुङ्गाको भरमा यात्रा