३ अर्व २६ करोडको चिया निर्यात

१९ साउन २०८१/झापा

गत बर्ष मेची भन्सार नाका हुँदै ३ अर्व १६ करोड ३८ लाख मुल्यको चिया निर्यात भएको छ । जुन आर्थिक बर्ष २०७९/०८० भन्दा २६ करोड ३१ लाख मुल्य कमी चिया निर्यात भएको छ ।

आर्थिक बर्ष २०७९/०८० मा १ करोड ६० लाख केजी निर्यात भएकोमा गत बर्ष १ करोड ३४ लाख केजी मात्र चिया निर्यात भएको छ । मुल्यका हिसावमा आर्थिक बर्ष २०७९/०८० मा ३ अर्व ४२ करोड मुल्यको चिया निर्यात भएको थियो । तर आर्थिक बर्ष २०८०/०८१ मा ३ अर्व १६ करोड मुल्यको चिया निर्यात भएको छ ।

अन्य कृषि जन्य बस्तुको आयात बढेको भए पनि गत बर्ष चिया र अलैंची निर्यातमा गिरावट आएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले जानकारी दिनु भयो ।

नेपालको चियाको हवको रुपमा रहेको झापा, इलाम र धनकुटामा उत्पादन हुने चिया मेची भन्सार हुँदै भारत, बंगालदेश र युरोपियन मुलुकसम्म जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भर्खरै दमक २ मा दुघर्टनाः एक जना घाइते
Next post घर जग्गा कारोबारमा भारी गिरावटः सेवाग्राही अझै मारमा