हुलाकी सडकको विजोगः १६ बर्षसम्म पनि पुल नबन्दा अझै डुङ्गाको भरमा यात्रा

२१ साउन २०८१/डिकेश लामा

झापाको हुलाकी सडक अन्तर्गत रतुवा खोलाको पुल ढेड दशक समय वितीसक्दा समेत निर्माण भइसकेको छैन । पुल नबने पछि सयौं यात्रुहरुले बर्षामा डुङ्गा र हिउँदमा बाँसको पुलमा पैसा तिरेर जोखिम यात्रा गर्न बाध्य छन् ।

झापा र मोरङ्गको सिमाना पर्ने हुलाकी सडक अन्तर्गतको रतुवा खोलाको पुलले पूर्णता नपाउँदा अझै यात्रुले जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता छ । १६ बर्ष देखि निर्माण थालेको पुल समयमा नबन्दा धेरै जोखिमसँगै सास्ती भएको स्थानीय बासिन्दाले बताएका छन् । पुल नबनेकाले बर्षातमा खोलामा डुङ्गामा पैसा तिरेर जोखिम यात्रा गर्नु पर्ने बाध्यता हट्न नसकेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा पर्ने पुल पहिलो पटक बनाउँदा खोला भन्दा छोटो भएको थियो । ओली चौथो पटक प्रधानमन्त्री भइसक्दा समेत पुलले पुर्णता पाउन सकेन । त्यसलाई पुनः २०७९ पौष महिना २२ करोड रुपयाँमा ठेक्का लगाई निर्माण थालिएको हो । अव १० महिना म्याद रहेको सो पुल वेलैमा निर्माण सकिने निर्माण कम्पनि समता कन्ट्रक्सनका संचालक राजेश राउतले बताउनु भयो । राउतका अनुसार आगामी पुस महिनासम्म निर्मााण कार्य सकिने बताउनु भयो ।

बर्षातको समयमा पनि दैनिक ५ सय देखि १ हजारसम्म यात्रुले जोखिम मोलेर डुङगाको भरमा यात्रा गर्नु पर्ने हुन्छ । २०६५ साल देखि बनाउन थालिएको पुलको बाँकी भाग धमाधम बन्दै गरेकाले चाँडै पुलबाट हिड्न पाउने यात्रुहरुले आशा गरेका छन् ।

पछिल्लो समय हुलाकी सडक खण्ड अन्तर्गत झापाको अधिकांश सडक कालो पत्रे बनी सकेको छ । तर झापाको कन्काई नदिको पुल र रतुवा खोलाको पुल नबेकाले यात्रुले सँगै जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको गुनासो पोखेका छन् ।

भिडियाे रिर्पाेट हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post घर जग्गा कारोबारमा भारी गिरावटः सेवाग्राही अझै मारमा
Next post २ साता नवित्दै नेपालमा अर्काे हवाइ दुर्घटनाः पाँच जनाकाे मृत्यु