भुटानी शरणार्थीको मानब अधिकार नारामा मात्र  सिमितः ३३ बर्ष देखिकाे समस्या उस्तै

२५ मंसिर २०८१, डिकेश लामा
३३ बर्ष देखि झापा र मोरङमा बसोबास गर्दै आएका भुटानी शरणार्थीले मानव अधिकार नारामा मात्र सिमित भएको बताएका छन् । विश्व मानव अधिकार दिवशको अवसरमा आज शरणार्थी शिविरमा विभिन्न कार्याक्रम गर्दै आफूले शरणार्थीको मानब अधिकार खोसिएको बताएका छन् ।

दोस्रो विश्व युद्ध पछि सन् १९४८ को १० डिसेम्बरको दिन जारी भएको मानव अधिकारको  विश्व व्यापी घोषणा पत्रको धारा १३ मा पनि देश फर्कने अधिकार ग्यारेन्टी गरिएको छ । तर त्यो अधिकार आज ३ दशक समय नाघीसक्दा समेत पुरा नभएकाले बाँकी रहेका शरणार्थी मध्ये स्वदेश फर्कने आशामा वसेकाहरुले दुखेसाे पाेखेका छन् ।  र्याली गर्दै सभामा परिणत भएकाे कार्याक्रममा मानब अधिकारकर्मीहरु प्राध्यापक जय श्रेष्ठ, केपी सुवेदी, शरणार्थी अगुवा नेता बलराम पौडेल लगायतले भूटानी शरणार्थीको हकमा मानव अधिकार हनन् भएको बताएका छन् । यस्तै शरणार्थी युवा लेखक विरेन मगर, दिलभूटानीले सहजीकरण गरेकाे र्याली सहितकाे जुलुसले शरणार्थी बस्ती क्षेत्र परिक्रमा गरेकाे छ ।

बेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाकाे अध्यक्षतामा गरिएकाे कार्यक्रममा भुटानी शरणार्थी समस्या पटक पटक समाधान गर्ने प्रयास गरिए पनि टुङ्गाे नलाग्दै दातृ निकायले हात निकाल्द थप समस्या भएकाे अधिकारकर्मीहरूले बताएका छन् । मानव अधिकारकाे सदस्य रहेकाे नेपाल, भुटान र भारतले चाहेमा स्वदेश फर्कन चाहाने शरणार्थीकाे समस्यामा सुनवाइ हुन सक्ने भएकाले मानव अधिकारबादी अन्तराष्टिय संस्थाहरूले जाेड दिनु पर्ने बताएका छन् ।

मानव अधिकार घाेषणा पत्रमा  प्रत्येक नागरिकलाई देश छाड्ने र फर्कने अधिकार सुनिश्चित गरिएको भए पनि शरणार्थीकाे हकमा नारामा मात्र सिमित बनेकाे भूटानी नेताहरूले गुनासाे पाेखेका छन् ।  यता शिविरमा दिँदै आएको राहत कटौटीले थप समस्या भएको छ । तर निरंकुश भुटानले भने आफ्ना नागरिक फर्काउने कुनै चासो नदिएकाले शरणार्थी समस्या समाधान हुन नसकेकाे उनीहरूले बताएका छन् ।   तेस्राे मुलुक पूनर्वासका कारण १ लाख १० हजार बढी भूटानी अमेरिका सहित विश्वका ८ वटा मुलुकमा स्थान्तरण भइसकेका छन् । उनीहरूले पनि स्वदेश फिर्तीकाे मार्ग खुल्ला नगरिएकाले विदेशिएका थिए। उनीहरू मध्ये धेरैले अझै पनि भूटानले स–सम्मान भूटान फिर्ती गराए कतिपय भूटान अाउने बताउँदै अाएका छन् । सन् २००७ देखि तेस्राे मुलुक जाने अवसर खुल्ला गरे पनि अन्य दुइ विकल्प स्वदेश फिर्ती र स्थानीयकरणलाइ भने छाडिएकाे थियाे ।

तेस्राे मुलुक लाने काम समेत दातृ निकायले बन्द गरे पछि पछिल्लाे समय वेलडाँगी र पथरीमा गरी झण्डै साढे ६ हजार हाराहारीमा भुटानीहरुको बसोवास रहेको छ । ती मध्ये असक्त, बालबालिका र बृद्धबृद्धालाइ भने धेरै समस्या हुँदै अाएकाे समितिका सचिव सुब्बाले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निजी स्राेतबाट दमकमा बृहतरूपमा १० लाख मुल्यकाे आलुको पूर्व मुल विऊ राेपाइँ
Next post भुटानीको सहयोगबाट विपन्नमा शिक्षाको पहुँच बढ्दैः पथरीमा नयाँ विद्यालय भवन उदघाटन (फाेटाे/भिडियाे कथा)