निजी स्राेतबाट दमकमा बृहतरूपमा १० लाख मुल्यकाे आलुको पूर्व मुल विऊ राेपाइँ

२० मंसिर २०८१/डिकेश लामा
झापाको दमक वडा नं. ३ मा किसान तथा कृषि वैज्ञानिकको समूहले बृहतरुपमा आलुको मुल विऊ खेती शुरु गरेका छन् । प्रति गोटा २० रुपयाँ पर्ने झण्डै १० लाख मुल्यको पूर्व मुल विऊ  आलु दमक वडा नं. ३ काे उत्तरी क्षेत्रमा  एकै स्थानमा रोप्ने कार्य भएको छ ।
नेपालमा अझै पनि स्वस्थ्य आलुको विऊ रोप्ने अवसर धेरै किसानले पाउन सकेका छैनन् । अधिकांश भारतबाट आयात भएको आलुको विऊ किसानले आलु रोप्नु पर्ने अवस्था छ । तर आलु खेती सम्बन्धी उच्च शिक्षा हासिल गरेका टोलीले किसानसँग मिलेर उन्नत विऊ खेती थालेको एपेक्स बायोटेक एण्ड एग्रो फरेस्टिक रिसर्च सेन्टर झापाका कृषि वैज्ञानिक प्रशोधन निरौलाले बताउनु भयो । आलुकाे विउसम्बन्धी पीएचडी गर्दै आउनु भएका निराैलाले खुदुनाबारीमा संचालन गर्दै आउनु भएकाे ल्याबबाट उत्पादन गरी अघिल्लाे बर्ष राेपेकाे विरूवाबाट निस्किएकाे पूर्व मुल विउ भएकाे बताउनु भयाे ।

गत बर्ष तन्तु प्रजनन विधिबाट उत्पादन गरेको विरुवा रोपेर फलाइएको दाना यो बर्ष रोपिन्दैछ । अझै ३ बर्ष रोपिसके पछि मात्र यो पूर्व मुल विऊबाट विऊ आलु रुपान्तरण हुन्छ । सरकारले गर्ने काम निजी स्तरबाट ठूलो रकम खर्च गरेर खेती थालिएको प्राङ्गरिक विषयका कृषि प्राविधिक दधिबल चापागाँईले बताउनु भयो ।

दमक वडा नं. ३ का किसान ललित राईको झण्डै ४ कठ्ठा क्षेत्रमा रोपिएको आलु हरेक बर्ष ३ गुणा धेरै जमिनमा रोप्दै जानु पर्ने हुन्छ । ५ सय दानाबाट ३ बर्षमा ७५ हजार केजी विऊ उत्पादन हुने उहाँले बताउनु भयो । नेपाल सरकारले विऊ विजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन निर्देशिका २०७८ पारित गरी कार्यन्वयनमा ल्याएको छ । तर निर्देशिकामा भने जस्तो उन्नत विऊ उत्पादनमा सरकारको ध्यान जान नसक्दा अझै पनि बार्षिक अरर्वौं रुपयाँको आलुको विऊ भारतबाट आयात हुने किसानको भनाइ छ ।

तरकारीमध्ये सबैभन्दा बढी खपत हुने आलुमा नेपालको आयातको हिस्सा ८ दशमलव ९५ प्रतिशत छ । नेपालमा आन्तरिक उत्पादन ३५ लाख  मेट्रिक टन हाराहारीमा रहँदा माग भने ३८ लाख हजार मेट्रिक टन आवश्यकता पर्छ । माग पूर्ति गर्नका लागि ३ लाख  मेट्रिक टन आयात गर्नुपर्ने आवश्यकता रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
Next post भुटानी शरणार्थीको मानब अधिकार नारामा मात्र  सिमितः ३३ बर्ष देखिकाे समस्या उस्तै