छटका मुख्य दिन आज देशभरका नदि तथा खाेला नै झिलिमिली (फाेटाे फिचर सहित)
२४ कार्तिक २०७८, सारासन्देश समाचार (फाेटाेःपर्वत तामाङ) — सूर्य उपासनाको लोकपर्व छठ पूजाको आज मुख्य दिन देशभर भक्तजनले घरदेखि घाट भनिने जलाशय किनारसम्म झकिझकाउ पारेका छन् ।
खासगरी तराइ मुलका अादिबासीहरूले मनाउने छट पर्व पछिल्लाे समय पहाडिया समूदायले समेत मनाउन थालेका छन्र । घरघरै व्रतालुहरु सम्पूर्ण शुद्धताका साथ ठेकुवा, भुसुवा र पुरीलगायतका प्रसाद तयार पारेर नदि तथा खाेला या अन्य जलाशय क्षेत्रमा गएर केराकाे धाम गाडेर पफलपफूल तथा अन्य पूजाका सामाग्रीबाट अस्ताउँदाे सूर्यलाइ अर्घ दिएर अाज मुख्य पूजा गरिएकाे छ । पूजा गरेर कतिपयले रातभर घाट रूङ्ने समेत गरिन्छ ।
तर अझै पनि काेराेना कहरकाे संत्रास रहेकाले जतिसक्दाे धेरै अाफूहरूले स्वास्थ्य मापदण्ड पूरा गर्न गराउँन जाेड दिइएकाे झापा जिल्लाकाे सवैभन्दा ठूलाे कन्काइ नदिमा बर्षेनी ठूलाे क्षेत्रमा गरिने कन्काइ छट व्यवस्थापन समितिका पूर्व अध्यक्ष किसनकुमार साेनीले बताउनु भयाे ।
अाज साँझपख अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि शनिबारदेखि सुरु भएको यो महापर्वको विधिवत समापन हुन्छ । व्रतालुले पहिलो दिन शनिबार बिहान लोकगीत गाएर सूर्यदेव र छठमाता वा छठपरमेश्वरी मानिने उनको आमा उषालाई घाटमा दर्शन दिनलाई बिन्ति गरेर पर्व शुरू गरियाे । दोस्रो दिन आइतबारदेखि पूर्ण रुपले माछामासुको त्याग गरे । तेस्रो दिन सोमबार नुहाएर खाए भने चौथो दिन मंगलबार दिनभर उपवास बसेर साँझको खरना विधि घरभित्रै सम्पन्न गरे । त्यसपछि पुन: अखण्ड उपवास सुरु गरिन्छ । पाँचौं दिन आज साँझ र छैठौं दिन भोलि बिहानको धार्मिक अनुष्ठानका लागि व्रतालुहरु जलाशय किनार पुग्छन् ।
यसपटक कोभिड–१९ को संक्रमण मत्थर भएकोले सामूहिक रुपले मनाउन पाउँदा छठका अनुयायीमा उमंग छाएको छ । लोक आस्थाअनुरुप सुस्वास्थ्य, समृद्धि, सन्तान सुख तथा सामाजिक विभेदको अन्त्यलगायतको विविध थरिका कामना गर्दै छठ पूजा गरिन्छ । पूजा अवधिभर यो पर्वको विधि एवं परम्परासँग जोडिएको लोकगीत गाइन्छ र बजाइन्छ । बिहानको अर्घ्यलगत्तै सूर्य महिमाको कथा वाचन गरेपछि छठको समापन हुन्छ । व्रतालुले घाटमै बिहान प्रसाद खाएर उपवास तोड्छन् र उपस्थितलाई प्रसाद बाँड्दै घर फर्कन्छन् । प्रसाद वितरणको क्रम भने धेरै दिनसम्म चलिरहन्छ छटका अगुवाहरूले बताएका छन् ।