झापा गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको विजेता विर्तामाेडकाे अल इन वान (फाेटाे फिचर सहित)

default
२४ कार्तिक२०७८, पर्वत तामाङ– जोरमाई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधी विर्तामाेडकाे अल इन वानले जितेकाे छ । ४ दिन देखि जारी खुल्ला अन्तर झापा जिल्ला स्तरीय खुल्ला नकअाउट खेल प्रतियाेगितामा जलथललाइ ३ काे विरूद्ध ४ गाेलले अल इन वानले विजय हात पारेकाे हाे ।

default

तिहार र छठ पर्वको अवसर पारेर स्थानीय सडकबारीको खेल मैदानमा जारी फाइनल खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी भएपछी ट्राइब्रेकरमा भएको खेलमा जलथललाई ४-३ को गोलान्तरले सैनीकमोडले उपाधी कब्जा गरेको हाे । दुबै टिमको प्रतिषपर्धात्मक खेलमा जलथलका कर्ण लिम्बुले चौधौं मिनेटमै खाता खोलेका थिए। यस्तै खेलमा पहिलो गोलको जवाफ दिन अल इन वान समेत आक्रामक बनेको थियो। खेलको २७ औं मिनेटमा अलइन वानका अशीष गुरुङले एक गोल लगाउँदै खेल बराबरीमा ल्याएका थिए। निर्धारित समयमा कतैबाट पुन गाेल हुन नसके पछि खेल टाइवेकरमा पुगेकाे थियाे ।

खेलमा बिजेता बनेको अलइन वानले ५० हजार नौ सय ९९ नगद सहित ट्रफी,मेडल,प्रमाण पत्र प्राप्त गरेको छ।यस्तै उपबिजेता बनेको जलथलले ३० हजार नौ सय ९९ नगद सहित ट्रफी,मेडल,प्रमाण पत्रमा चित्त बुझाएको छ।खेलमा हाइस्कोरर जलथलका कर्ण लिम्बू घोषित भए भने म्यान अफदी म्याच सैनीकमोडका गोल रक्षक बिप्लब गुरुङ्ग घोषीत भएका छन् । ।त्यस्तै प्ले अफदी टुनामेन्टमा सैनिककै राजकुमार कन्दङ्वा घोषीत हुनु भएकाे छ ।


गत २१ गते देखि सुरु भएको खुल्ला नकाउट प्रतियोगितामा जिल्लाका आठ टिमले सहभागिता जनाएका थिए।क्लबका अध्यक्ष बाबुराम लिम्वुको अध्यक्षता र झापा गाउँपालिकाका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खेलमा सामाजिक अगुवा साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। खेल नजिकै छठकाे मेला समेत लागेकाेले खेलमा दर्शककाे भीड उल्लेख्य थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post छटका मुख्य दिन आज देशभरका नदि तथा खाेला नै झिलिमिली (फाेटाे फिचर सहित)
Next post हर्साेल्लासका साथ छट सम्पन्न (फाेटाे फिचर सहित)