माल्दिभ्स विरूद्ध ४ गाेल गर्दै नेपालकाे सानदार विजयकाे शुरूवाती

९ साउन २०७९,काठमाडौँ– नेपालले साफ यू-२० च्याम्पियनसिपमा अाज भएकाे खेलमा सानदार विजयी सुरुवात गरेको छ । भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले मादिल्भ्सलाई ४–०   गाेल अन्तरले हराएको हो । यो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना जीवन्त बनेको छ । हारले माल्दिभ्सको स्थिति भने कमजोर भएको छ । नेपालले एकपछि अर्को उत्कृष्ट आक्रमण बुनेको खेलमा नेपालको जित अन्तर बढी हुन सक्ने छ । नेपालले पहिलो हाफमा एक गोलले अगाडि रह्याे । नेपालले दिपेश गुरुङको गोलले अग्रता लिएको थियो । उहाँले ४२ औं मिनेटमा २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै गोल गरे । कप्तान आयुष घलानको फ्रि–किकमा माल्दिभ्सका गोलरक्षक साइहन अलीले पञ्च गरेयताको रिबाउन्डमा दिपेशले गोल गरेका हुन् ।

खेलको ५८ औं मिनेटमा सुगम सुवालले दोस्रो गोल थप्न सफल बन्नु भयाे । उहाँले माल्दिभ्सका गोलरक्षक विरुद्ध वान भर्सेस वानको स्थितिमा उत्कृष्ट गोल थप्नु भयाे । तेस्रो गोल भने कृतिशरत्न छुन्जुले पेनाल्टीबाट ६२ औं मिनेटमा गर्नु भयाे  । आयुषमाथि पेनाल्टी एरियामा भएको फलमा नेपाललाई पेनाल्टी प्राप्त भएको थियो ।

त्यसमै उहाँले माल्दिभ्सका गोलरक्षकलाई कुनै मौका नदिएर सजिलै गोल गर्नु भयाे । चौथो गोल मनग्य नकर्मीको नाममा रह्यो । उहाँले इन्ज्युरी समयमा गोल गर्नु भयाे । राउन्ड रोबिनको आधारमा चल्ने प्रतियोगितामा नेपालले अब अाउने बुधबार आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काठ सहित मारुती भेन पक्राऊ
Next post राष्ट्रिय बहुमुखी सहकारीकाे व्यवस्थापकमा शैक्षिक व्यक्तित्व तुम्बापाे नियुक्ती