१३ वैशाख २०८०, काठमाडौँ- कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । आज ४ सय ९४ पीसीआर र १ हजार १४० गरी कुल १ हजार ६ सय ३४ नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ६१ रहेको छ । देशभर आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना कोभिड संक्रमित उपचाररत छन् । नेपालमा हालसम्म १२ हजार २८ जनाकाे मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *