गणतन्त्रले जोडेको सिमा पारीको गाँऊ भनेर चिनिने मेचीपारी गाउँको फेरिँदै मुहार (फाेटाे फिचर)

१६ जेष्ठ २०८०/बालदिवश तामाङ

बर्षौंदेखि सास्ती भोग्दै आएका सिमापारीको गाउँ भनेर चिनिने झापाको मेची खोला पारीका बासिन्दाले देशमा गणतन्त्र स्थापनापछि विकासका अनुभूति गर्न पाएका छन् । खोलाले छुट्याएको कारण भारतीय जस्तो व्यवहार भोग्दै आएका भद्रपुर वडा नं. ३ र ५ को गाऊँमा संघीयता कार्यन्वयनसँगै धमाधम विकासका काम हुन थाले पछि खुशी बनेका छन् ।
देशमा राजतन्त्रतात्मक राज्य व्यवस्था रहुञ्जेल सिमापारीको गाऊँ भनेर चिनिने झापाको भद्रपुर नगरपालिका वडा नं. ३ र ५ को मेची खोला पारीका बस्तीहरु अन्धकारमा थिए । १५ बर्ष अघिसम्म बस्तीमा न विजुली थियो न स्वास्थ्य चौकी नै । त्यस ठाऊँमा भारतीयहरुबाट थियो मिचो भने धेरै थियो । तर सिमावर्ती क्षेत्रका बासिन्दाले सीमाको पीलर बनेर आफ्नो भूमी माथि हुने थिचो मिचोको सँधै प्रतिकार गर्दै आए ।

भारतीय सीमामा बग्ने मेची खोला र भारतीय सिमाले घेरिए पछि उनीहरु बर्षातमा महिनौंसम्म नेपाली बजार देखि प्रशासनिक काममा समेत आउन पाउँदैन थिए । बनाउन थालेको भद्रपुरको मेची पुल पनि अलपत्रै थियो । न महेश्वपुर जोड्ने बस्तीमा झोलुङ्गे पुल नै थियो । तर पछिल्लो समय पुल, सडक, स्वास्थ्य, शिक्षा देखि सुरक्षासम्मको गाऊँमै प्रबन्ध भए पछि विकासको अनुभूति हुन थालेको स्थानीय बासिन्दा ७७ बर्षीय श्रीप्रसाद महतले बताउनु भयो । महतको अनुसार अहिले मेचीपारीको गाउँलाई जोड्ने मुल्य मेची पुल बनेको छ । यस्तै महेश्वपुर बस्तीसँग जोडिने झोलङ्गे पुल निर्माण पछि बर्षौं देखि बर्षातमा खोाला वारीपारी गर्दा प्रयोग हुने डुङाको जोखिम यात्रा सँधैका लागि समाप्त भएको स्थाीय सचिन राजबंशीले बताउनु भयो । पुल नहुँदा जोखिम यात्रा गर्नु पथ्र्यो । तर पुल बने पछि धेरै सहज भएको उहाँले बताउनु भयो ।

पछिल्लो समय बनेको मेची पुल र महेशपुर बस्ती जोड्ने झोलुङ्गे पुलले भारतीय बजारमा आश्रीत हुनु पर्ने सीमाका बासिन्दालाई धेरै सहज भएको छ । संघीयता कार्यन्वयनसँगै आएका जनप्रतिनिधिले समेत पिछाडिएको क्षेत्रमा चासो दिन थालेकोले मेचीपारीको गाऊँमा विकासको अनुभूती हुन थालेको पूर्व वडा सदस्य समेत रहनु भएका बस्तीका अगुवा अरुण राजबंशीले बताउनु भयो । यस्तै यता पछिल्लो समय बस्तीमा सुरक्षार्थ वीओपी तथा प्रहरी विट समेत संचालन भए पछि गणतन्त्रले पछि देशमा आएको संघीयताले विकासको अनुभुती भएको बस्तीका बासिन्दाले बताएका छन् ।

कुनै बेला मेची पारीका बस्तीबाट भद्रपुर काम गर्न जाँदा नागरिकता खोजिने गरिन्थ्यो । सीमाको पिलरको रुपमा सीमा क्षेत्रको रेखदेख गर्दै बसोवास गर्नेलाई आफ्नै नेपाली समूदायले विभेद गरेको जस्तो लाग्थ्यो । तर गणतन्त्रको स्थापनासँगै राज्यको पूनर्संरचना भए पछि थालिएका विकासले वारिपारीको विभेद हट्दै गएको मेची पारी सिमाक्षेत्रका बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गणतन्त्र दिवसको अवसरमा झापामा रक्तदान
Next post राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरणः अव नागरिकता बन्ने आशा पलाएकाे नागरिकता पीडितकाे भनाइ