१२ बर्षमा ६० प्रतिशत मात्र कन्काइ पुल निर्माणः पुल नबन्दा डुङ्गाकै भरमा गरिने जोखिम यात्रा उस्तै (फाेटाे फिचर)

२९ साउन २०८०/डिकेश लामा

समयमा पुल नबन्दा बर्षौं देखिको सास्ती सँधै उस्तै रहेको छ । १२ बर्ष अघि निर्माण थालिएको बहुप्रतिक्षित हुलाकी सडकखण्डमा पर्ने कन्काई नदिको पुलले पुर्णता नपाउँदा अझै ज्यान जोखिममा राखेर हिड्नु पर्ने बाध्यता अन्त्य भएको छैन ।

कन्काइ नदिको दक्षिणी भागमा प्रायश नदिमा डुङ्गा नचलेको दृष्य कमै मात्र देख्न पाइन्छ । दक्षिणी भेगका मानिसको आवातजावातको मुख्य आधार नै ढुङ्गाको भरमा हुने गरेको छ । यो यात्रा कन्काई नदिमा बर्षौं देखि संचालन हुँदै आएको हो । इश्वर माझीले ३ पुस्ता देखि कन्काई नदिमा डुङ्गा चलाउँदै आएका छन् । पुल चाँडो बने यो जोखिम पेशाबाट अन्य पेशा खोज्ने डुङ्गा संचालक ईश्वरका छोरा सुरेश माझीले बताउनु भयो । माझीको अनुसार बुवा अनि हजुरबुबाको पालो देखि नै कन्काई नदिमा डुङ्गा चलाउँदै आएका हुन् । पुल नभए पछि ओहोर दोहोर गर्ने मानिसलाई थोरै शुल्क लिएर सेवा गरेको उहाँले बताउनु भयो । पुल बने पछि यो पेशा छाड्ने योजना बनाएको नै एक दशक वितिसक्दा समेत पुल नबन्दा उहाँलाई दुःख लाग्छ । माझी भन्नु हुन्छ, ‘खै पुल बन्दैन, पुल नवनुञ्जेल डुङ्गा चलाउने हो त्यस पछि अटो किनेर चलाउने योजना छ ।’

यात्रा गर्दा हिउँदमा समेत पैसा तिरेर डुङ्गा प्रयोग गर्नु पर्ने बाध्यता छ । अझ बर्षातमा भने अति जोखिम यात्रा गर्नु पर्ने अवस्था पुल नबनेकाले हट्न नसकेको यात्रुहरुले बताएका छन् । झापा गाउँपालिकाबाट काखे बालक बोकेर डुङ्गामा चढेर नदि पार गर्नु भएकी झापा गाउँपालिकाकी मेनुका मर्डीले काम परे पछि ज्यान जोखिममै राखेर भए पछि यात्रा नगरी विकल्प छैन । गौरीगंज वडा नं. १ को चौरी बस्तीबाट नदि पारी रहेको झापा बजार पुग्न १ किलो मिटर जतिको यात्रा गर्नु पर्छ । त्यस मध्ये ५ सय मिटर जति डुङ्गाको यात्रा गर्नु पर्छ । तर ठूलो बाढी आयो भने अर्को विकल्प महेन्द्र राजमार्गको कन्काइ पुल मात्र हो । जुन बाटो हिड्दा झण्डै ६० किलोमिटर घुम्नु पर्ने बाध्यता रहेको मर्डीले बताउनु भयो । त्यति लामो दुरी घुम्नु भन्दा बरु ज्यान जोखिममा राखेरै यात्रा गर्नु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

सँगै निर्माण थालेको हुलाकी सडक अन्तर्गतको विरीङ पुलले यस बर्ष पूर्णता पाएको छ । तर कन्काई पुलको काम भने हालसम्म ६० प्रतिशत मात्र भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनु भयो । खतिवडाका अनुसार अव छिटो काम गर्दा पनि निर्माण सम्पन्न हुन २ बर्ष जति लाग्ने बतानउनु भयो ।

तयर यता २ बर्ष देखि महादेव खिम्तिले पुल निर्माण गर्न थालेको भए पछि पुलको गति कछुवाकै तालमा रहेको स्थानीय अजयप्रसाद राजबंशीले बताउनु भयो । राजबंशीका अनुसार पुल बनाउनेले पनि समयमा काम नगर्ने अनि काम गर्दा पुरानै खिया परेको रडको प्रयोग गर्दा लामो समय पछि बन्लाकि भन्ने आशा गरेको पुल पनि गुणस्तरीय नहोलाकी भन्ने आशंका रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘ यो पुल निर्माणको अनुगमन कसले गर्छ? कति बर्षसम्म प्रयोग नभएको पुरानो रड पनि पुलमा हाल्न पाइन्छ?’ उहाँले सारासन्देश खबरका पत्रकारलाई नै प्रश्न गर्नु भयो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

२०६८ सालमा ३४ करोडमा ठेक्का लागेको ७ सय २४ मिटर लम्बाइको पुल २ बर्ष देखि ठेकेदार कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम गर्दै आएको छ । हालसम्म ५ औं पटक म्याद थप गर्दा पनि पुलले पूर्णता नपाउँदा बर्षौं देखि जोखिम यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । नदि तर्न तयार हुनु भएका युवा मनोजकुमार कोचले सरकार र सो क्षेत्रबाट संघीय संसदमा २ पटक विजयी हुनु भएका सांसद एलपी साँवाको नाम लिएरै गाली गर्दै प्रश्न गर्नु भयो, ‘नेता ज्यू तपाईलाई कति पटक हामीले जिताउने हो, अनि तपाईको कार्यकालमा यो पुलले पूर्णता पाउँछ कि पाउँदैन?’ यूवा कोच जस्तै दैनिक डुङ्गाको भरमा यात्रा गर्ने सयौं मानिसले नेता र सरकारको कम्जोरीकै कारण १२ बर्ष अघि निर्माण थालेको पुलले पूर्णता नपाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २ दिन देखि परेकाे अविरल बर्षामा ५ जना वेपताः पहिराेले यातायत देखि हवाइ उडान समेत प्रभावित (फाेटाे फिचर)
Next post १ क्वीन्टल भनिएकाे सुन ६१ किलाे ७८९ ग्राम पाइयाेः सुन गाल्ने प्रकृया शुरू