माग बढे पछि महारानीझाेडाका किसानले थाले बृहतरूपमा साइलेज उत्पादन (फाेटाे फिचर)
१ भदाै २०८०/बालदिवश तामाङ
पशुचौपायको आहारा दानाको विकल्पमा मकैको लाइलेजको माग बढे पछि झापाका किसानले उत्पादन समेत बृद्धि गरेका छन् । पशुचौपायका लागि पोषिलो र दाना भन्दा सस्तो हुने भए पछि यो बर्ष महारानीझोडाका किसानले दोब्बर परिणाममा साइलेज उत्पादन गरेका छन् ।
हरियो मकैको बोटबाट बनाइने साइजेल उत्पादन बृद्धिले किसानलाई सहज हुँदै गएको छ । व्यवसायिकरुपमा पशुपालन गर्ने किसानलाई साइलेजले साखगरी सहज भएको छ । यस बर्ष साइलेज बनाउनका लागि नै खेती समेत विस्तार गरिएको महारानीझोडा साना किसान कृषि सहकारीकी अध्यक्ष मिना ढकालले बताउनु भयो । ढकालका अनुसार सरकारले दिएको अनुदान भन्दा दोब्बर लगानी गरेर निर्माण गरिएको साइलेज उद्योगले स्वदेशी उत्पादनमा पशुआहाराको माग पुरा गर्दै जाने बताउनु भयो । पछिल्लो समय कोशी प्रदेश बाहेक अन्य तिरबाट समेत साइलेजको माग हुन थालेको उहाँले बताउनु भयो ।
प्रदेश सरकारको ७० लाख अनुदानमा २ करोड रुपयाँ लगानी गरेर प्रदेशमै बृहतरुपमा साइलेज बनाउन थाले पछि किसानको माग समेत बढ्न थालेको छ । गत बर्ष ४ हजार ५ सय मेट्रिक टन उत्पादन गरेको साइलेजले किसानको माग धान्न नसके पछि यो बर्ष दोब्बर परिमाणमा उत्पादन गरेको साइलेज व्यवस्थापक उज्ज्वल अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार यो बर्ष अघिल्लो बर्षको तुलनामा दोब्बर उत्पादन भएको छ । तर पनि माग भने अझै बढ्दै गएको छ ।
गौरादह नगरपालिका वडा नं. ५ मा २ बर्ष अघि स्थापना भएको साइलेज उद्योगले स्थानीय स्तरमा रोजगार समेत सृजना गरेको छ । स्थानीय स्तरमै पशु आहाराका लागि साइलेज पाउन थाले पछि पशु व्यवासाय गर्ने किसान समेत उत्साहित भएको बासु कोइरालाले बताउनु भयो । कोइरालाका अनुसार सिजनमा ५० जना भन्दा धेरैले रोजगार पाउँछन् । अहिले पनि दैनिक ५ जनाले रोजगार पाएको बतानउ ुभयो ।
पशु आहाराका लागि आवश्यक दाना अधिकरुपमा भारतबाट आयात हुने गर्दछ । स्वदेशमै पशुचौपायका लागि वैकल्पिक आहारा साइलेज उत्पादनले मकैको मुल्य बृद्धिसँगै पशुपालनमा समेत टेवा पुगेको किसानको भनाइ छ ।