नक्कली भुटानी शरणार्थी प्रकरणमा ध्यानाकर्षणः स्वदेश फिर्तीको माग गर्दै शरणार्थीको पत्र

२ भदौ २०८०/झापा
नेपालमा ३ दशक देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीले स्वदेश फिर्तीको माग अघि सारेका छन् । लामो समय वितिसक्दा समेत आफ्नै देश फर्कन चाहानेको मुद्धामाथि कसैले सुनवाइ नगरेको भन्दै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मुख्य प्रतिपक्षमा रहेका राजनैतिक दललाई पत्र पठाएर स्वदेश फिर्तीका लागि सहयोग गर्न माग गरिएको छ ।
स्वदेश फर्कन चाहाने शरणार्थीहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय मेलमिलाप समिति भुटान र भूटान स्वतन्त्र जन मञ्चले पत्र मार्फत अन्तिम स्वास रहेञ्जलसम्म आफ्नै मुलुक फर्कन चाहानेहरुको समस्या समाधान गर्न माग गरिएको हो । समितिका संयोजक कृष्णविर तामाङ र मञ्चमा महासचिव धनविर सुब्बाले हस्ताक्षर गरेको पत्र प्रतिपक्षमा रहेको मुख्य राजनैतिक दल नेकपा एमाले र राप्रपालाई समेत दिइएको स्वदेश फर्कन चाहाने शरणार्थीहरुले बताएका छन् । पछिल्लो समय भुटानी शरणार्थीको विषयमा आएका प्रकरणको विषयमा ध्यानाकर्षण गर्दै राहत कटौतीका बावजुद पनि स्वदेश फर्कने आशमा बसेका शरणार्थीको मुद्धा समाधान गर्न आवश्यक बार्ता र छलफल गर्न माग गरिएको छ ।
पछिल्लो समय शरणार्थी दातृ निकायले राहत कटौती गरे पछि झण्डै साढे ६ हजार हाराहारी शरणार्थीहरु समस्या परेको शरणार्थीले गुनासो पोख्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एमालेको संसद अवरुद्ध अब हटाइनु पर्छः सह–महामन्त्री डीना
Next post माग बढे पछि महारानीझाेडाका किसानले थाले बृहतरूपमा साइलेज उत्पादन (फाेटाे फिचर)