भूटानीको भोगाइ जस्तै नाटक जयमायाले दर्शकको मन जित्दै (फाेटाे फिचर)

२३ असोज २०८०/डिकेश लामा

दोस्रो विश्व युद्ध ताका जापानी सेनाको आक्रमण पछि नेपाली मुलका मानिसहरुले भोगेको पीडा समेटेर पूर्वी नेपालमा नाटक मञ्चन थालिएको छ । कथाकार इन्द्रबहादुर राईको जयमाया आफू मात्रै लिखापानी आइपुगी नामक नाटकमा शरणार्थी शिविरका कलाकारले अभिनय गर्दा बाउबाजेको पीडाबोध गरेका छन् ।

कदम थिएटरमा यस पटक ५ जना भूटानी शरणार्थी समूदायबाट कलाकारहरू सहभागी रहेका छन् । यो नाटकमा अभिनय गर्दा आफ्ना बाउबाजेले भूटान छाड्नु परेको पीडा समेत अनुभुत भएको भूटानी शरणार्थी शिविर वेलडाँगीका कलाकारहरुले बताएका छन् । कलाकारिता क्षेत्रमा पछिल्लो समय सक्रीयरुपमा लाग्दै आउनु भएकी सुष्मा मगरका अनुसार आफ्ना बाउआमाले भुटान छाड्दा भोगेको कुरा सुनेको मात्र हो तर आज आएर नाटकमा त्यसरी नै देश छाडेर भाग्नु परेको भूमिका निर्वाह गर्दा आफै आँशु आउने गरेको उहाँले बताउनु भयो । यस्तै अर्का भूटानी कलाकार भरत मगरका अनुसार जयमायाको कथा र भुटानीको कथा मिल्दो जुल्दो भएकाले आफूहरुले थिएटरमा अभिनय गर्दै आएको नाटकलाई भुटानी शरणार्थी शिविरभित्र पर्दशन गरी उनीहरुलाई अतित सम्झाउने प्रयास गरिने बताउनु भयो ।

त्यसो त पछिल्लो समय पूर्वी नेपालको भारतीय सिमासँग जोडिएको काँडडभिट्टाको परिवर्तन थिएटर, चुलाचुलीको चेतना नाट्य समूह, दमकको कदम थिएटरले नाटक मञ्चन गर्दै आएका छन् । प्रति टिकट ३ र ५ सय रुपयाँको किनेर हेर्ने दर्शकहरु पाउन थाले पछि नाटकले हौसल्ला थपेको कदम थिएटरका कला संयोजक सिजन दाहालले बताउनु भयो । दाहालका अनुसार आफूहरुले थिएटरमा नयाँ कलाकारलाई समेत यो पटक वर्कशप संचालन गरी कलाकारिताको विकासमा लागेको बताउनु भयो ।

दशैंको छेक पारेर झोडा, आकाश गंगाको ओतमुनी, म्लेच्छ नामक नाटकहरु प्रदर्शनका लागि तयारी अवस्था छन् । वर्मेली नेपाली भाषीले आफ्नो माटो छोड्दाको पीडामा दोस्रो पटक मंचन भएको जयमाया आफू मात्रै लिखापानी आइपुगी नाटकले धेरै दर्शकको मन जित्न सफल भएको निर्देशक जीवन बरालले बताउनु भयो । उहाँका अनुसार यो नाटकले देश छाड्नेक्रम अझै पनि नरोकिएको अवस्थालाई समेत देखाउने प्रयास गरिएको छ ।

पूर्वी नेपालमा पछिल्लो समय रंगमञ्चको संभवना बढ्दै गएको छ । टिकट काटेर नाटक हेर्नेको भीड बढ्न थाले पछि नयाँ कलाकारहरु पनि थपिनेक्रम बढ्न थालेको रंगकर्मीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इजरायलमा निधन भएका विधार्थीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणाः बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद
Next post महारानीझोडाका उत्कृष्ट किसानलाई सम्मानः उत्पादन बस्तुको प्रशोधन र आधुनिक तवरबाट सामुहिक खेतीमा जोड(फाेटाे फिचर)