महारानीझोडाका उत्कृष्ट किसानलाई सम्मानः उत्पादन बस्तुको प्रशोधन र आधुनिक तवरबाट सामुहिक खेतीमा जोड(फाेटाे फिचर)

२४ असोज २०८०/सारासन्देश समाचार
नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरेको छ ।
२२ करोड ७८ लाखको कृषि उपजको मात्र कारोवार गर्न सफल सहकारीले ढेड करोड बढी नाफा गर्न सफल भएको छ । २ हजार १ सय ८९ सदस्य रहेको संस्थाले उत्कृष्ट किसान, जेष्ठ मातालाई सम्मान समेत गरेको छ । सहकारीले साना किसान अवार्डबाट यस पटक टंकमाया कार्की र तेजबहादुर महतलाई प्रदान गरेको छ । संस्थामा उत्कृष्ट कारोबार गर्ने २३ किसानलाई समेत सम्मान गरेको संस्थाका मुख्य प्रबन्धक चिरञ्जीवि भण्डारीले बताउनु भयो । यसैगरी कार्याक्रममा साना किसान सहकारीको क्षेत्रमा रहेका विपन्न विधार्थीलाई व्याग, ड्रेस र स्टेसनरी सामाग्री समेत कार्याक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदी र कार्याक्रमकी अध्यक्ष मिनाकुमारी ढकाल प्रदान गर्नु भएको छ ।


कार्याक्रममा प्रमुख सुवेदीले यस बर्ष कृषि क्षेत्रका विकासमा नगरले विभिन्न शीर्षक ५० लाखसम्मको बजेट विनियोजन गरेकाले ग्रामीण क्षेत्रका साना किसानमा थप टेवा पुग्ने बताउनु भयो । उहाँले गरा सुधारका लागि मात्र ५० लाख प्रति हेक्टर १० हजार रुपयाँ अनुदान दिने गरी वजेट तथा कार्याक्रम तय गरेको बताउनु भयो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष ढकालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । उहाँले संस्थाले सहकारी खेती, चक्लाबन्दी खेतीले पछिल्लो समय साना किसानहरुमा धेरै लाभ पुग्दै गएको बताउनु भयो । संस्थाले संचालनमा ल्याएको सामुदायिक कृषि यान्त्रिकरण सेवा केन्द्र, महारानीझोडा विऊ उद्योग, सहकारी पसल, दुग्ध संकलन कार्याक्रम, पशुधन सुरक्षण कार्याक्रम मृत्यु राहतकोष वितरण, सुत्केरी पोषण कार्याक्रम, र्यामिट्यान्स सेवा, एकिकृत कृषि भवन निर्माण, शैक्षिक कार्याक्रम, साइलेज उद्योग संचालन लगायतका कार्याक्रमलाई थप प्रभावकारी बनाउने गरी नीति तथा कार्याक्रममा जोड दिएको बताउनु भयो ।


यसैबीच कार्याक्रममा कृषि विज्ञ तथा प्रविधि क्याम्पस धरानका सह प्राध्यापक वविता दाहालले किसानलाई तालिम र अनुदानसँगै अनुगमन गरेर कडाईका कार्यान्वयन गर्न तर्फ राज्यले जोड दिनु पर्ने बताउनु भयो । उहाँले आफूहरुले अध्ययन गरेको सामाग्रीको आधारमा देशमा उत्पादन भएको ८० प्रतिशत उत्पादन असुरक्षित भएका कारण पनि अधिक मात्रमा दोस्रो राष्ट्रबाट खाद्यन्य आयातदर उच्च रहेको छ । यसका लागि उत्पादन भएको अन्नबालीको संरक्षण र प्रशोधन प्रविधिमा जान सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।


कार्याक्रममा कृषि सहकारी जिल्ला संघ झापाका सचिव भूपराज लुईंटेलले महारानीझोडा साना किसान कृषि सहकारीले देशभर नमूना काम र उच्च नाम राख्न सकेको भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
गत बर्ष ७२ करोड संस्थाको वासलात रहेको छ । जुन अघिल्लो आर्थिक बर्ष भन्दा झण्डै ४ करोड बढी हो ।
२१ औ साधारणसभामा कृषि उपजको प्रदर्शनी र सदस्यहरुबीच खरिद विक्री समेत गरिएको संचालक समिति सदस्य कार्याक्रमकी संचालक लक्षिमा देवी चिमरियाले बताउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूटानीको भोगाइ जस्तै नाटक जयमायाले दर्शकको मन जित्दै (फाेटाे फिचर)
Next post दमकमा बनेको नेपालकै पहिलो नमूना मेची सहकारी आवासले सवैमा समानताको आभाष (फोटो फिचर)