इजरायलमा निधन भएका विधार्थीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणाः बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद

२२ असाेज २०८०,काठमाडौँ– मन्त्रीपरिषदको आजको विशेष बैठकले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ । बैठकले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०/१० लाख रुपैयाँ दिने निर्णग पनि गरेको छ ।

यसैगरी, मन्त्रीपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएकोमा गहिरो दु:ख व्यक्त गर्दै दिवंगतप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बैठकले परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मृतकको शव तथा त्यहाँ फसेका नेपालीहरुलाई यथाशक्य नेपाल ल्याउन नेपाल सरकार र इजरायल सरकारवीच कूटनीतिक पहल भइरहेको जानकारी दिँदै परराष्ट्रमन्त्री एनपी साउदले नेपाल एयर लाइन्स र हिमालय एयर लाइन्सका जहाजहरु तयारी आवस्थामा राखिएको बताउनुभयो । नेपालीको उद्धार गर्न सरकारको तर्फवाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै मन्त्री साउदले प्रधानमन्त्री प्रचण्ड र आफूले फसेका युवाहरुसँग प्रत्यक्ष कुरा गरेर वस्तुस्थितिवारे जानकारी लिएको बताउनु भयो । यसैबीच यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गर्नुभएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताउनुभएको थियो । उहाँले सोही विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको र सर्वदलीय बैठकमा समेत सोही विषयमा छलफल हुने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गाउँले प्रतिभाकाे उपलब्धीः फाकफोकथुमे मोक्तानकाे डेब्यु आधार खोज्दा खोज्दै (अन्तर्वाता सहित)
Next post भूटानीको भोगाइ जस्तै नाटक जयमायाले दर्शकको मन जित्दै (फाेटाे फिचर)