आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओलीको चुनौती
१६ फाल्गुन २०७७, झापा
नेपालको गौरवशाली योजनाको रुपमा हेरिएको चीन नेपाल मैत्री औधोगिक पार्कको आज झापामा सिल्यान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्माा ओली सहित मन्त्री तथा विभागीय उच्च पदाधिकारीको टोलीको उपस्थितिमा पार्कको शिल्यान्यास गरिएको हो ।
प्रधानमन्त्री ओलीले उद्घाटन र शिल्यान्यास कार्याक्रम गर्दै औधोगिक पार्कको शिल्यान्यास कार्याक्रममा गरिएको जनसभालाई सम्बोधन गर्दैैै उहाँले दुई तिहाई सरकारको अध्यक्ष र प्रधानमन्त्री भएकोले आफू प्रधानमन्त्रीबाट अहिले नहट्ने बताउनु भयो । उहाँले प्रचण्ड र नेपाल समूहलाई इकित गर्दै प्रतिनिधिसभा फर्काउन सक्नेलाई प्रधानमन्त्रीलाई हटाएर देखाउन चुनौती दिनु भयो ।
यस्तै अर्को प्रसंङ्गमा देशमा भईरहेको अशान्तिलाई मिलाउन चाँडै विप्लव समूहको नेकपासँग वार्तामा बस्ने तयारी गरेको र केही दिन भित्र परिणाम जनताले पाउने बताउनु भयो ।
दुई वटा मिस्टरले देश डुवाउन खोजे पनि आफूहरु यहीँ भएको बताउनु भयो । अाफू हुँदाहुँदै कुनै पनि हालतमा देशलाइ डुब्न नदिने उहाँले दावी गर्नु भयाे । यसै प्रसंगमा उहाँले पुन दुई तिहाइ मत ल्याएर सरकार चलाउन सक्ने हैसियत भएको समेत दावी गर्नु भयो ।
यस्तै प्रम ओलीले विप्लव समूहको नेकपासँग पनि वार्ता गर्ने तयारी थालेको बताउनु भयो । उहाँले केही दिनमा बार्ताको परिणाम बाहिर आउने बताउनु भयो ।
प्रधानमन्त्रीले झापाको रतुवा, मावा र कमल खोला निर्माण भएका ४ वटा पुलको आज एकै दिन उद्घाटन भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने ती पुल आज एकै दिन उद्घाटन गरिएको हो । यस्तै मदन भण्डारी राजमार्गमा पर्ने रतुवाखोलामा बन्ने मोटरेवल पुलको आजै सिल्यान्यास भएको छ । सो राजमार्गमा पर्ने ३१ वटा पुलको आजै सिल्यान्यास गर्ने गरी कार्याक्रम मिलाइएको छ ।