नमूना विधालय सिंह देविले स्वर्ण जयन्ती मनाउने

२ मंसीर २०८०/सारासन्देश समाचार
भूतपूर्व सेनानी धन्जुमान घले गुरुङ्गको अगुवाइमा ५० बर्ष अगाडि खोलिएको कमल गाउँपालिका वडा नं. ७ को सिंह देवि आधारभूत विधालयले स्वर्ण जयन्ती मनाउने भएको छ । केही बर्ष अघि विधार्थी संख्या नपुगेर विधालय मिलान गर्ने तयारी थालिएको विधालय अहिले जिल्लामै नमूनाको रुपमा परिचित बन्न थालेको छ । कक्षा १ देखि ८ सम्म अंग्रजी माध्यमबाट पढाई शुरु गरे पछि हाल ३ सय जना विधार्थीहरु अध्ययन गर्दै आएको आज आयोजति एक पत्रकार सम्मेलनमा प्रधानाध्यापमक इन्दिरादेवि खनालले बताउनु भयो ।


कार्यक्रममा विधालय व्यवस्थापन समिति अध्यक्ष ओमनाथ तिम्सिनाले आगामी ५ गते देखि ७ गतेसम्म कार्याक्रम गरी विधालयको स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरिएको बताउनु भयो । जयन्तीमा स्वर्ण स्मारक उद्घाटन तथा विधालयबारे ऐतिहासिक कुराहरुलाई समेटेर पुस्तक प्रकाशन, सम्मान लगायतका कार्याक्रम गर्ने उहाँले बताउनु भयो ।
कार्याक्रम गर्न लाग्ने झण्डै ६ लाख रुपयाँ बजेट संकलन गर्ने कार्याक्रम समेत अन्तिम चरणमा पुगेको आर्थिक उपसमितिका संयोजक सन्तोष राईले बताउनु भयो ।
विक्रम सम्बत २०३० सालमा स्थापना भएको विधालयको आफ्नै २ विगाह २ कठ्ठा जग्गा रहेको छ । पछिल्लो समय ९ जना निजी स्रोतबाट शिक्षक राखेर अभिभावको सहयोगमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरे पछि विधालयमा निजी विधालयमा अध्ययन गर्ने विधार्थी समेत सो विधालयमा आउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लामो समय देखि दुधको भूक्तानी नपाउँदा पशु पालक किसान कृषि व्यवसाय छाड्दै (फाेटाे फिचर)
Next post इलामकाे राेङ गाउँपालिकामा बस दुर्घटना केही गम्भीर घाइते