फाल्गुनन्द साकोसले गर्यो विभिन्न व्यक्तिलाई सम्मानः आर्थिक विकासका लागि सहकारीमा एकता हुनु पर्नेमा जोड

५ मंसिर २०८०/सारासन्देश समाचार
झापाको दमकमा संचालित फाल्गुनन्द साकोसले पत्रकार सहित उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । दमकमा आज भएको १२ औं बार्षिक साधारणसभाको अवसरमा पत्रकार डिकेश लामालाई फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कार २०८० बाट सम्मान गरेको छ ।  जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमकुमार कोइराला, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रिय अध्यक्ष डकेन्द्र सिंह थेगिम, संस्थाका अध्यक्ष संकल्प लिङदेन सहितले तामापत्र र नगद १० हजार १२ रुपयाँको पुरस्कारबाट सम्मान गरेका हुन् ।
यस्तै कार्याक्रममा संस्थाका सदस्य रही स्नातकोत्तर गरी शैक्षिक क्षेत्रको विकास खट्नु भएका हल्दिबारीकी तिरुपा कन्दङ्वा र शिवसताक्षीकी विष्णुदेवी चेम्जोङलाई ताम्रापत्र र नगदले सम्मान गरिएको छ । यस्तै संस्थाले उत्कृष्ट कारोवार गर्ने र जेष्ठ नागरिक गरी ढेड दर्जन व्यक्तित्वलाई समेत सम्मान गरेको छ ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाममा स्थापना भएको सहकारी संस्थाले सुत्केरी, असाहय, उपचार र मृत्यु जस्ता घटनामा समेत नगद प्रदान गरी सामाजिक कार्य गर्दै आएको कार्यको कार्याक्रममा प्रसंसा समेत गरिएको छ । २०६८ साल देखि २६ जनाबाट शुरु भएको संस्थामा हाल २ हजार ५ सय हाराहारीमा सदस्य रहेका छन् । साढे २६ करोड हाराहारीमा वितीय कारोवार रहेको संस्थाले कर्जा मिनाह, व्याज छुट, यूवा स्वरोजगार कार्याक्रम, विमा र सामाजिक सुरक्षा, स्वास्थ्य उपचार र सदस्यलाई दिइने जोखिम तथा आपतकालिन रकमले शेयर सदस्यलाई धेरै टेवा पुगेको कार्याक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमकुमार कोइरालाले बताउनु भयो ।


यस्तै कार्याक्रममा सहकारी अभियन्ता झापा जिल्ला सहकारी संघ सुपरिवेक्षण समिति संयोजक चुणामणी ओझाले सहकारीले अव सदस्य भन्दा पनि सहकारी बुझेका सदस्यबाट एकिकृत भएर संस्था संचालन गर्नु पर्ने बताउनु भयो । उहाँले वितीय संस्थाले कर्जा वितरण रोके पछि बजारमा आर्थिक तरलता सृजना भएकाले कर्जा प्रवाहमा जोड दिनु पर्ने बताउनु भयो ।
कार्याक्रममा संविधानसभा सदस्य विश्वदिप लिङदेन, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्र सिंह थेगिम, संस्थापक अध्यक्ष मेहेरमान लिङदेन, लेखा सुपरिवेक्षण संयोजक विरबहादुर लाओती, सम्मानित पत्रकार डिकेश लामा लगायतले सहकारीको विकास र गतिविधीबारे बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यस बर्षकाे छठ हर्साेल्लासका साथ समापन (फाेटाे फिचर)
Next post टिकटक प्रतिबन्धविरुद्धको रिटमा कारण देखाउ आदेश