टिकटक प्रतिबन्धविरुद्धको रिटमा कारण देखाउ आदेश

५ मंसिर २०८०,काठमाडौं– टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले रिट निवेदकको माग अनुसार टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिनअस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग मंसिर १५ गते भित्र लिखित जवाफ पठाउन आदेश गरेको छ ।मंसिर १९ गते पूर्ण सुनुवाईका लागि पेशी तोकिएको छ ।

टिक टक बन्द गर्ने सरकारको उक्त  निर्णय विरुद्ध अदालतमा १० भन्दा बढी रिट परेको थियो ।२७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक बन्द गरेकाे विषयमा सामाजिक संजालमा विराेध तथा समर्थन दुवै प्रतिकृया अाइरहेकाे छ । तर बाैद्धिक जमातबाट भने टिकटक बन्द गर्नुका सट्टा नकरात्मक कुरालाइ नियमन गर्ने कार्य प्रति सजग हुनु पर्ने बताउँदै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फाल्गुनन्द साकोसले गर्यो विभिन्न व्यक्तिलाई सम्मानः आर्थिक विकासका लागि सहकारीमा एकता हुनु पर्नेमा जोड
Next post जंगली हात्तीले लियो भूटानी बृद्धको ज्यान