लैंगिक तथा यौनिक अल्पसंख्यकको गुनासोः समाजबाट सँधै उपेक्षा

२७ मंसीर २०८०/सारासन्देश समाचार
संविधानले दिएको अधिकार समेत उपयोग गर्न नपाउँदा लैंगिक तथा यौनिक अल्पसंख्यकहरु समस्यामा परेको उनीहरुले गुनासो पोखेका छन् । झापाको दमकमा लामो समय देखि उनीहरुको विषयमा वकालत गर्दै आएको लीड नेपाल संस्थाले आज पत्रकारसँगेको भेटघाटमा आफूहरुलाई समाजले अझै पनि उपेक्षा गरेको गुनासो पोखेका छन् ।
संवाद समूहको संयोजनका पत्रकारसँग कुराकानी गर्दै संस्थाकी संयोजक चञ्चला सुब्बाले अझै पनि यौनिक अल्पसंख्यकहरुले समाजमा धेरै समस्यो भोग्नु परेको बताउनु भयो । उहाँले खासगरी वंैक, रोजगारी, नागरिकता, विवाह दर्ता र घर परिवारबाटै पनि समस्या हुने गरेको बताउनु भयो ।


सुब्बाका अनुसार कुनै बैंकबाट ऋण समेत उपलव्ध हुन सकेको छैन । वैंक खाता खोल्नै समस्या हुने गरेको उहाँले बताउनु भयो । झापामा अहिले २० जोडीले विवाह समेत गरेका छन् ।
कार्यक्रममा उनीहरुले नेपालमा २०७८ मा गरेको जनगणनामा ३ हजार हाराहारीमा जनसंख्या देखाए पनि त्यो भन्दा धेरै भएको तर खुल्न नचाहेका काराण धेरैले समस्या भोग्नु परेको छ । सुब्बा अनुसार झापामा मात्र २० हजार हाराहारी संख्यामा लैंगिक तथा यौनिक अल्पसंख्यक रहेका छन् । सामान्यतय समाजमा तेस्रो लिंगी भनिने गरेको भए पनि ५ प्रकारका यौनिक अल्पसंख्यक रहेको उहाँले बताउनु भयो । सरकारले आफूहरुलाई सक्षम आवश्यक बजेट समेत विनियोजन नगरेको उनीहरुले गुनासो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मानव संसाधानको विकासमा जोड दिन्छौंः मुख्य मन्त्री कार्की (फाेटाे फिचर)
Next post बाराको सिम्रौनगढमा कर्मचारी विवादकाे झडपमा १ जनाको मृत्यु, १० जना प्रहरी घाइते