झापामा हात्ती मृत फेलाः करेन्ट लागेकाे आशंका

२८ मंसिर २०८०,झापा – झापाकाे खयरबारीमा एउटा हात्ती मृत फेला परेको छ । बिहीबार बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा एउटा हात्ती मृत फेला परेको हो । जिल्ला वन कार्यालय झापाले हात्तीले केही दिनदेखि स्थानीयको सखरखण्ड खाएर क्षति गर्दै आएको थियो । सखरखण्डमा क्षति पुर्‍याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ । यो वर्ष जिल्लामा तीन वटा हात्ती मारिसकेको छ । १ दशक यता जिल्लामा ५९ जना मानिस र ढेड दर्जन हाराहारीमा हात्तीकाे मृत्यु भइसकेकाे डिभिजन बन कार्यालय झापाले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थी प्रकरणमा आरोपित पूर्वमन्त्री खाँणलाई धरौटीमा छाड्न उच्च अदालतकाे आदेश
Next post दमकमा निर्माणधीन परियाेजनामा लाखौं मुल्यका बायो ग्याँस हावामा उडेर खेर जाँदै (फाेटाे फिचर)