साना किसानले उत्पादन गरेको साइलेजको माग बढ्दोः दानाको विकल्पमा साइलेजको खपत (फाेटाे फिचर)

२ पुस २०८०/डिकेश लामा

पशुचौपायको आहारा दानाको मुल्य बढे पछि किसानले स्थानीय स्तरमै उत्पादन भएको साइलेजको प्रयोगलाई जोड दिएका छन् । सरकारको सहयोगमा गौरादहमा स्थापना भएको साइलेज उद्योगले यस बर्ष अघिल्लो बर्षको तुलनामा दोब्बर साइलेज विक्री गरेको छ ।

गाई बस्तुलाई खुवाइने दानाको मुल्य आकाशिए पछि किसानलाई पशु व्यवसाय गर्न समस्या हुँदै आएको छ । त्यस माथि दुध विक्री नुहँदा थप समस्या भएको छ । यस्तो वेला स्थानीय स्तरमा उत्पादन गरेको साईलेजले धेरै सहज भएको पशुपालक किसानले बताएका छन् । गौरादह वडा नं. ४ का जनक गडतौलाका अनुसार आफूले पछिल्लो समय महारानी झोडा साइलेज उद्योगमा उत्पादित साइलेज पशु आहाराका लागि प्रयोग गर्दै आउनु भएको छ । शुरु शुरुमा पशुलाई आहारा पहिचानमा समय लागे पनि बानी भए पछि धेरै राम्रो भएको उहाँले बताउनु भयो ।

पछिल्लो समय दुधको बजारमा समस्या आएकाले पशुचौपायलाई दाना खुवाउन समेत समस्या हुँदै आएको हो । यसका लागि भारतबाट आउने दुध नियन्त्रण र बजारीकरणमा सरकारले ध्यान दिनु पर्ने देशका विभिन्न स्थानमा डेरी उद्योग संचालन गर्दै आउनु भएका व्यवसायी रामचन्द्र प्रसाईंले बताउनु भयो । प्रसाईका अनुसार भारतबाट आउने दुध र दुग्ध परिकार नियन्त्रणसँगै भ्याट लागेका दुग्ध पदार्थको कर असुलीमा कडाइ गरिनु पर्ने बताउनु भयो ।

दैनिक झण्डै ३ हजार लिटर दुध संकलन गर्दै आएको महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले किसानलाई सहज होस् भन्ने हेतुले प्रदेश सरकारको ७० लाख अनुदानमा २ करोड लगानी गरेर २ बर्ष देखि साइलेज उद्योग संचालनमा ल्याएको छ । उद्योग स्थापनाले दक्षिणी झापाका किसानलाई धेरै सहज भएको संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । ढकालका अनुसार साइलेज उत्पादन गर्न थाले पछि महारानीझोडा साना कृषि सहकारीमा आबद्ध किसानलाई पशुपालनमा धेरै सहज भएको छ । पशुपालक किसानका पशुको विमा समेत गरेर क्षतिपुर्ती समयमैमा उपलव्ध गराए पछि किसानहरु दुध उत्पादनमा आकार्षित भएका छन् । तर पछिल्लो समय दुधको बजारले समस्या पारेको उहाँले बताउनु भयो ।

पशु आहाराका लागि आवश्यक दाना अधिकतमरुपमा भारतबाट आयात हुने गर्दछ । स्वदेशमै पशुचौपायका लागि वैकल्पिक आहारा साइलेज उत्पादनले स्थानीय क्षेत्रमा मकै खेती गर्ने देखि पशुपालक किसानलाई समेत फाइदा भएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उर्लाबारी माेरङकाे टासी ब्वाइजले हात पार्याे तेस्राे चेतशील कपकाे उपाधी
Next post स्वास्थ्य बीमाका बीमितले उपचारको १० प्रतिशत शुल्क अब आफैँले तिर्नुपर्ने