बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा ३ घर जलेर नष्ट

८ पुस २०८०–  झापाकाे दमकमा रहेकाे भुटानी शरणार्थी शिविरमा गएराती आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ । आज बिहान करिव ३ बजेको समयमा दमक–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी/४ छाप्रा नं. ५३५ बस्ने भिम बहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा उहाँकाे तीनै वटा छाप्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिनु भएकाे छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएपनि ३ वटा घर र घर भित्र रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात र काठसमेत जलेर नष्ट भएकाे छ । अागलागी हुँदा करिव रु ५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएकाे छ । शिविरमा लागेको आगो दमक नगरपालिकाको बारुणपन्त्र , प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा ४ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा यो बर्ष भव्यरुपमा चासोक तङनाम मनाउने तयारी
Next post सिमसार संरक्षणबाट बनेको दमकको पुरानो इन्द्रेणी तालको विकास हुँदै (फाेटाे फिचर)