सिमसार संरक्षणबाट बनेको दमकको पुरानो इन्द्रेणी तालको विकास हुँदै (फाेटाे फिचर)

८ पौष २०८०/डिकेश लामा

झापामा पहिलो पटक सिमसार संरक्षण गर्नु पर्छ भनेर निर्माण गरिएको दमकको इन्द्रेणी तालको मुहार फेरिन थालेको छ । २ दशक अघि देखि निर्माण थालिएको सिमसार क्षेत्रमा सरकारले सहयोग गर्न थाले पछि आकार्षक बन्न थालेको छ । लामो समय ओझेलमा परेको दक्षिणी दमकको इन्द्रेणी तालको स्वरुप विस्तारै फेरिन थालेको छ । स्थानीय बासिन्दाले सिमसारबाट पर्यटन प्रवर्धन गर्न थालेको इन्द्रेणी तालमा आन्तरिक पर्यटकहरु समेत आउन थालेका छन् । ताल क्षेत्र घुम्न पुग्नु भएको दमक वडा नं. ५ की सुमी कार्कीका अनुसार तालको स्वरुपमा परिवर्तन आउन थालेको छ । तर केही काम अधुरो रहेकाले सवै कार्य पुरा गरे आकार्षक क्षेत्र बन्ने उहाँले बताउनु भयो ।

विभिन्न आर्थिक बर्षमा हालसम्म स्थानीय, प्रदेश र संघीय सरकारबाट ढेड करोड भन्द बढी खर्च भइसकेको झण्डै ३ विगाह क्षेत्रको ताललाई घेराबारा र सिंगार्ने काम हुँदै आएको छ । पिछाडिएको क्षेत्रमा रहेको तालमा जाने बाटो देखि अन्य कुराहरुको निर्माण हुँदै आएकोले विकासको अनुभूती भएको सो क्षेत्रका बासिन्दाले बताएका छन् । तालको दुवै तर्फको सडक कालो पत्र भइसके पछि दक्षिणी दमक जान सहज भएको दमक वडा नं. १० की कान्ता मिश्रले बताउनु भयो ।

दमक नगरपालिका वडा नं. १० मा रहेको इन्द्रेणी ताल जाने सडकहरु पछिल्लो समय अधिकांश कालो पत्रे भइसकेका छन् । सडकसँगै ताललाई समेत व्यवस्थित गर्ने कार्यमा लागेको सो वडाका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार हालै मात्र गठन भएको नयाँ समितिले जोड दिने हो भने तालको रुप फेरिने छ । तर यसका लागि सवैको साथ र सहयोगको आवश्यकता रहेको उहाँले बताउनु भयो । २०६४ सालमा स्थानीय संचारकर्मी समेत रहनु भएका ध्रुर्व न्याैपानेले झण्डै १२ लाख खर्च गरेर सिमसार संरक्षण थालेकाे उहाँले जानकारी दिनु भयाे । पछिल्लाे समय सरकारले समेत सहयाेग गर्दै अाएकाे भए पनि यथेष्ठ बजेट नभएकाले तालकाे श्रृङगार भने जस्ताे हुन नसकेकाे स्थानीय बासिन्दाले बताएका छन् ।

झापा जिल्लामा पछिल्लो समय सिमसार क्षेत्रलाई पर्यटन विकाससँग जोड्न थालिएको छ । जिल्लामा रहेका दर्जन बढी यस्ता क्षेत्रमा सरकारको आर्थिक सहयोगमा पूर्वाधार र सडक निर्माणले पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा ३ घर जलेर नष्ट
Next post पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मानः ९ लाख बढी उपचार कोषमा सहयाेग(फाेटाे फिचर)