छैंटौ पटक म्याद थपेर बनाइँदै बहुप्रतिक्षित कन्काइ पुल (फाेटाे फिचर)
२० पौष २०८०/बालदिवश तामाङ
१२ बर्ष वितिसक्दा समेत बन्न नसकेको झापाको बहुप्रतिक्षित कन्काई नदिको पुल निर्माण थालिएको छ । २०६८ सालमा ३४ करोडमा ठेक्का लागेको पुल छैटौं पटक म्याद थप गरेर यस बर्ष ठेकेदार कम्पनी महादेव खिम्तीले मुख्य संचरनाको काम सक्ने गरी निर्माण थालेको हो ।
झापाको कन्काई नदिमा ४ बर्षमा सक्ने भनेर थालिएको पुल १२ बर्ष वितिसक्दासम्म पनि निर्माण भएको छैन । काम नै नसकी पुल निर्माणका सामानहरु नष्ट भएर अलपत्र रहेको पुल हालै आएर बन्न थाले पछि अव भने पुल बन्लाकी भन्ने आशा पलाएको स्थानीयले बताएका छन् ।
७ सय २४ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने हो । तर लामो समय अलपत्र परेको पुल निर्माणको कामले यस बर्ष देखि केही तिव्रता पाएको छ । यस बर्ष मुख्य संरचनाको काम बर्षात अगावै सक्ने गरी काम भइरहेको ठेकदार कम्पनिका इन्जिनियर सरोजकुमार यादवले बताउनु भयो । झापा खण्डमा पर्ने ४८ किलो मिटर हुलाकी सडक पुलको एप्रोच खण्डबाहेक निर्माण सम्पन्न भइसकेको छ । तर पुल नबनेकाले दुई तर्फ खोला तथा नदिले घेरेको गाउँपालिका पस्दा पैसा तिर्नु पर्ने बाध्यता रहेको गौरीगंज गाउँपालिका वडा नं. १ का सदस्य राजभक्त सुनुवारले बताउनु भयो ।
निर्माण कम्पनिले वेलैमा पुल बनाउने काममा खासै चासो दिन सकेको छैन । सडक बने पनि पुल नबनेकाले बर्षौं देखि ज्यान जोखिममा बर्षातमा डुङ्गा र हिउँदमा बाँसको पुलमा पैसा खर्चेर हिड्नु पर्ने बाध्यता हट्न नसकेको स्थानीय बासिन्दाले दुखेसो पोखेका छन् ।