बटाइबाट आकार्षक आम्दानी, विदेशमा भन्दा स्वदेशमा तेव्बर कमाई (भिडियो रिर्पोट) सहित


अनलाइनबाटै हेरेर बनाएकाे ह्याचरले झण्डै सय प्रतिशत चल्ला उत्पादनमा सफलता


२२ फाल्गुन २०७७/डिकेश लामा
कसरी उद्यमबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर झापाका केही युवाहरु बटाइ पालनमा लागेका छन् । थोरै पूँजीबाट शुरु गरिएको बटाई पालन अहिले व्यवसायिकरुपमा विस्तार भएको गौरादह नगरपालिका वडा नं. ४ का प्रेम घिमिरेले राम्रो विदेशमा भन्दा राम्रो आम्दानी गर्नु भएको छ । आफैले बनाएको ह्याचरी मेशिनबाट बटाइसँगै अन्य पंक्षीको चल्ला उत्पादन व्यवसायिक रुपमा थाल्नु भएको छ ।


लामो समय विदेश बसेर फर्कनु भएका युवा घिमिरेले अनलाइनमा हेरेर आफैले ह्याचर मेशिन बनाउनु भयो । शुरुमा आफूले १ सय वटाबाट थालिएको बटाइ अहिले छोराले ह्याचर मेशिन बनाए पछि हप्तामा एक हजार अण्डाबाट झण्डै सतप्रतिशत चल्ला उत्पादन हुने गरेको प्रेमका बुवा पुण्यप्रसाद घिमिरेले बताउनु भयो ।
पछिल्लो समय कृषि कार्यबारे धेरैले यूट्यूव तथा गुगुलको समेत प्रयोग गर्न थालेका छन् । नेपालमा नभएका कतिपय प्रविधि र प्रयोगहरु अनलाइनको प्रयोग गरेर समेत कृषि कर्ममा लाग्न थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमखु निलकमल सिंहले बताउनु भयो ।


सरकारले अनुदान दिन थाले पछि युवा पुस्ता समेत कृषि कर्ममा आकार्षित हुन थालेका छन् । विगतमा भएको लामो लकडाउनमा के गर्ने भनेर अल्मलमा परेका धेरै युवाहरु अहिले स्वदेशमै कृषि कर्मतिर लाग्न थालेको उनीहरुले बताएका छन् ।

भिडियाे रिर्पाेट हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६२ निकाे ४७ संक्रमित
Next post नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कारः काँग्रेश र जसपाबाट पनि अवरूद्ध