नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कारः काँग्रेश र जसपाबाट पनि अवरूद्ध

२३ फाल्गुन २०७७, काठमाडौँ – नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् ।

बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि दाहाल-नेपाल पक्षका सांसदहरु बाहिएका छन् ।

यस्तै प्रमुख विपक्षी कांग्रेस र जनता समाजवादी पार्टीले प्रतिनिधि सभाको पहिलो बैठक अबरुद्ध गरेका छन् । संवैधानिक परिषद्लगायतका फिर्ता भएका अध्यादेश पुनः ल्याएको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीले नाराबाजीसहित प्रतिनिधि सभा बैठक अबरुद्ध गरेका छन् ।

सभामुखको आग्रहमा पनि नाराबाजी नरोकिएपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बटाइबाट आकार्षक आम्दानी, विदेशमा भन्दा स्वदेशमा तेव्बर कमाई (भिडियो रिर्पोट) सहित
Next post लापार्वाहीका कारण शरणार्थी महिलाको मृत्यु भएको आरोप