कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

१५ माघ २०८०, विराटनगर– कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो ।
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार अ‍ौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गर्नु भएकाे हाे । प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने र तोकिएको अस्पतालमा उपचारका लागि पुग्नु पर्ने उहाँले बताउनु भयाे ।


निःशुल्क आकस्मिक सेवा(इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने छ । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोकेबमोजिमको अ‍ौषधीसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको उहाँले बताउनु भयाे ।
झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरिएकाे छ ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएर कार्यान्वयन गरेकाे बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा र मोरङ्गमा कुष्ट रोग बढ्दैः नियन्त्रणमा जुट्न आग्रह
Next post भारतबाट भित्रने सस्ताे साजसब्जीले नेपाली किसानलाई समस्या