भारतबाट भित्रने सस्ताे साजसब्जीले नेपाली किसानलाई समस्या

१६ माघ २०८०/बालदिवश तामाङ

भारतबाट सस्तो मुल्यका सागसब्जी आयात हुँदा झापाका किसानहरु मारमा परेका छन् । भारतमा सरकारको अनुदानमा उत्पादन भएको सागसव्जी नेपाली बजारमा भन्दा सस्तो हुने भएकाले स्थानीय स्तरमा उत्पादन भएको सागसब्जीले उचित मुल्य पाउन नसकेको किसानले बताएका छन् । झापाको कमल गाउँपालिका वडा नं. २ का रत्नप्रसाद भट्टराईले लामो समय तरकारी खेती गरेर जिविकोपार्जन गर्दै आउनु भएको थियो । तर पछिल्लो समय भारतीय सागसब्जीका कारण उचित मुल्य पाउन छाडे पछि अहिले खेती छाड्नु भएको छ । बजारमा उचित मुल्य पाउन नसके पछि उहाँले तरकारीबाली खेती घटाउँदै लान थाल्नु भएको छ । यो बर्ष भट्टराईले १ कठ्ठा क्षेत्रमा बन्दकोपी लगाउनु भएको छ । त्यो पनि उचित मुल्य नपाए गाइबस्तुका लागि खोले बनाएर खुवाउने बताउनु भयो ।

तर जिल्लामा त्यसो त पछिल्लो समय तरकारी खेती भने बर्षेनी विस्तार भइरहेको छ । यदपि भारतबाट आउने सस्तो सागसब्जीले गर्दा किसानले उचित लाभ लिन नसकेको २० विगाह क्षेत्रमा व्यवसायिक तरकारी खेती गर्दै आउनु भएका मामाभान्जा कृषि फार्मका संचालक निर्मल अधिकारीले बताउनु भयो । भारतबाट आयात हुने सागसव्जीमा क्वारेन्टाइन परिक्षणमा कडाइ गर्ने हो भने नेपाली बजारमा टेवा पुग्ने उहाँको भनाइ छ ।

भारतसँग १ सय ४४ किलो मिटर खुल्ला सिमाना रहेको झापामा लुकिछिपी विना परिक्षण सिमावर्ती बजारमा सागसब्जी समेत ल्याएर विक्री गर्ने गरिन्छ । जसले गर्दा किसानले उचित मुल्य पाउन नसकेको उनीहरुले बताएका छन् । भारतबाट आउने सागसब्जीमा नेपालको भन्दा अधिक मात्रमा विषादीको प्रयोग हुने गरेको छ । तर पनि सस्तो मुल्यमा विक्री हुने भए पछि नेपाली किसानको उत्पादन भन्दा भारतीयले नै बजार लिने गरेको व्यवसायीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू
Next post फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार राई र चेपाङलाई प्रदान गरिने