लापार्वाहीका कारण शरणार्थी महिलाको मृत्यु भएको आरोप

मृतक महिला दिलुमामा विश्वकर्मा


२३ फाल्गुन २०७७
झापाको दमक अस्पतालमा भर्ना गरिएको एक महिलाको लार्पावाहीको कारण गए राती मृत्यु भएको पीडित पक्षले दावी गरेका छन् । भूटानी शरणार्थी शिविर वेलडाँगी ३ वी २ घर नम्बर १६९ की ४१ बर्षीय दिलुमाया विश्वकर्माको मृत्यु भएको उहाँको श्रीमान् ईश्वर ओलीले बताउनु भयो ।
ओलीका अनुसार राम्रो अवस्थामा ल्याएको विरामी दक्ष डाक्टर विना स्वास्थ्य सहायकको भरमा राखेर समयमा उचित उपचार नपाएर विरामीको मृत्यु भएको बताउनु भयो ।

यता उपचारमा संलग्न स्वास्थ्य सहायकका अनुसार विरामीको अवस्था शुरुबाटै केही जटिल रहेको र रिफर पछि मृत्यु भएको बताएका छन् । विरामी ल्याउँदा शनिबार भएकोले मुख्य डाक्टर नभएकोले तत्काल स्वास्थ्य सहायक धर्म रिमाल र इन्दु आचार्यले उपचारमा रेखदेख गरेका थिए । उनीहरुले विरामी ल्याए पछि जाँच गर्दाको अवस्थामा प्रेशर ८०।४० रहेको बताइएको छ । महिलालाई शनिबार ४ बजे तिर भर्ना गरिएको थियो ।

भर्ना गरेर पनि विज्ञ डाक्टरको समयमा उपस्थिति नहुनु र विरामी सिरिय भए पछि तत्काल साढे सात बजे तिर दमककै एडभान्स अस्पताल लानेक्रममा मृत्यु भएको विरामीका आफन्तले बताएका छन् ।
सुगरकाे विरामी रहनु भएकी महिलाको हिजो ४ बजे दमकको सरकारी दमक अस्पतालको इमेरजेन्सीमा भर्ना गरिएको थियो । मृत्यु पछि अस्पतालमा शरणार्थी शिविर र दमक नगर पालिकाका जिम्मेवार प्रतिनिधिबीचको छलफलले दुवै पक्षलाई समेटेर छानविन समिति गठन गरी घटनाको सत्य तथ्य छानविन गरिने नगरपालिकाका मेयर रोमनाथ ओलीले बताउनु भयो ।
छानविनको नतिजा पछि सोही अनुसार आवश्यक कार्वाही गरिने सर्तमा मृतकको लाश आफन्तले बुझेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कारः काँग्रेश र जसपाबाट पनि अवरूद्ध
Next post नेपालमा आज ४१ निकाे, ८९ संक्रमित