दमकमा आगामी माघ २८ देखि पाँचौ दमक महोत्सव हुने

१७ माघ २०८०, सारासन्देश समाचार – दमक उद्योग वाणिज्य संघले आगामी माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेश स्तरीय पाँचौ दमक महोत्सवको आयोजना गर्ने भएको छ । संघले दमकमा बुधबार पत्रकार सम्मेलन गर्दै महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको संघका अध्यक्ष गोपाल गुरागाईले बताउनु भएकाे छ । उहाँका अनुसार महोत्सव दमक ७ स्थित सयपत्री टोलको रतुवा किनारमा हुने छ । महोत्सवमा ५ करोड बराबरको कारोवार हुनुका साथैं एक लाख दशर्कले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको उहाँले बताउनु भयाे ।
संघले विगतमा २०६२,२०६५,२०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्ला महोत्सव यता संघले कोभिड लगायतका कारणले महोत्सवलाई निरन्तरता दिन सकेको थिएन । तर, पछिल्ला समय अर्थतन्त्र केहि सुधारसंगै परिस्थति समेत अनुकुल वन्दै गएपछि ६ वर्षपछि महोत्सवलाई निरन्तरता दिन लागिएको अध्यक्ष गुरागाईले बताउनु भयाे ।
महोत्सवमा औद्योगिक व्यापार,पर्यटन, प्रवर्धन एवं कृषि उपजको प्रर्दशनी हुने छ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै एक दर्जन बढी विभिन्न तयारी उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ ।


यसैगरी, संघका पूर्व अध्यक्षहरु सम्मिलित ९ सदस्यीय स्टेयरिङ कमिटी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष गुरागाईले जानकारी दिनु भयाे ।
महोत्सव सफल बनाउन दमक चौंकको आकासे पुल र गणतन्त्र चौकमा प्रचारात्मक तुल,व्यानार राखिएको उनले बताए ।संघले सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार, रुवल अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, टिकाराम खतिवडाको संयोजकत्वमा स्टल व्यवस्थापन, ज्ञाननाथ पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन उपसमिति, उमेश गजमेरको संयोजकत्वमा स्वमसेवक व्यवस्थापन, विवेक श्रेष्ठको संयोजकत्वमा उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यसैगरि, शुष्मा निरौलाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, हेमसागर अधिकारीको संयोजकत्वमा निर्माण, विद्युत,खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति, भेनस श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सन्तोष साहको संयोजकत्वमा गेट निर्माण उपसमिति र कमल कटुवालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिति समेत गठन गरि काम धमाधम भईरहेको उहाँले बताउनु भयाे ।
महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ । खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईको भनाई छ । महोत्सवको बचत रकम निर्माणाधि इलम प्रशिक्ष्ण केन्द्रमा खर्च गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार राई र चेपाङलाई प्रदान गरिने
Next post दक्षिणी झापामा एकसाथ ३ वटा विओपी उद्घाटन