फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार राई र चेपाङलाई प्रदान गरिने

१७ माघ २०८०, सारासन्देश समाचार– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने भएको छ ।

फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान-२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार-२०२३’ प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका प्रमुख (हेड अफ ट्रस्ट) सोनाम छिरिङ शेर्पाले जानकारी दिनु भएकाे छ । सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मान र पुरस्कारको राशी २५/२५ हजार रुपैयाँ रहेको छ ।

पुरस्कृत हुने झापाली पत्रकार दिपीन राई २०४९ साल दैनिक विवेचना देखि अनवरत पत्रकारीतामा सम्लग्न भइ जनचाहना साप्ताहिक (कार्यकारी सम्पादक), हिमालय टाइम्स काठमाडौं (सम्वाददाता ), आजभोलि दैनिक भारत (सम्वाददाता ), रुपरेखा साप्ताहिक काठमाडौं (सम्वाददाता), मुक्ति आवाज साप्ताहिक (सम्पादक), समावेशी म्यागेजिन (सम्पादक)जनसंसद दैनिक (सहसम्पादक) आदि । हाल यलम्बर टाइम्स (सम्पादक/प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत हुनुहुन्छ । पत्रकारितासँगै सामाजिक र पत्रकारका हकहितमा समेत कार्य गर्दै आउनु भएका राइले ३ दशक देखि निरन्तर पत्रकारिता गर्दै आउनु भएकाे छ ।

विभिन्न सामाजिक सस्थामा सम्लग्न रहेका राई नेपाल पत्रकार महासंघ पूर्वाञ्चल सल्लाहकार, किरात राई पत्रकारसंघ झापा सल्लाहकार, नेपाल जेसिज सुचना सम्योजक, सचेत युवा मन्च सुचना प्रमुख, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सस्थापक जिल्ला अध्यक्ष हुँदै केन्द्रिय उपाध्यक्ष, प्रदेश न १ इन्चार्जको जिम्मेवारी लगायत झन्डै २ दर्जन सस्थामा जिम्मेवारी निर्वाह गरिसक्नु भएकाे छ । त्यस्तै विभिन्न पुरस्कारहरुमा जनमत साप्ताहिक इटहरी पुरस्कार, किरात धर्म साहित्य उत्थान केन्द्रिय समिति लारुम्वाबाट, किरात राई यायोख्खा केन्द्रिय समिति वातावरणीय पत्रकारीता पुरस्कार, नेपाली सेनाबाट २०७९ महारथी पदकबाट विभुषित तथा सम्मान, संघीय लिम्बुवान राष्ट्रिय पार्टी केन्द्रिय समिति गरि दर्जनौं पुरस्कारबाट पुरस्कृत र सम्मानित भइसक्नु भएकाे छ ।

त्यस्तै युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुन । यो समुदाय राज्यको हरेक सुचाङ्कमा कम सुचिमा परेको जाति हो । चितवन, धदिङ, गोरखा, मकवानपुर, लम्जुङ र तनहुँ बसोबास गर्ने चेपाङ समुदायमा साक्षरता दर अति कम छ । यो समुदायबाट पत्रकारिता पेसामा अति न्यून व्यक्ति मात्र सहभागी छन् । त्यस मध्येका एक हुन, संगीता । हाल उनी इच्छाकामना एफ एम १०२.४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत हुनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतबाट भित्रने सस्ताे साजसब्जीले नेपाली किसानलाई समस्या
Next post दमकमा आगामी माघ २८ देखि पाँचौ दमक महोत्सव हुने