सुनसरीमा बढ्याे नक्कली नाेटकाे काराेवारः झण्डै दुई करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

२९ माघ २०८०,सुनसरी– भारतसँग जोडिएको सुनसरी जिल्लामा खुल्ला सिमानाका फाइदा उठाउँदै  नक्कली नाेटकाे काराेवार बढ्दै गएकाे छ । सुनसरीमा एक पछि अर्को नक्कली नोटको कारोवार सार्वजनिक हुन थालेको छ ।

यसैबीच जिल्ला प्रहरी सुनसरीले आइतबार साँझ सुनसरीको सदरमुकाम इनरुवाको सुनसरी खोलामा ट्राफिक प्रहरीले भारतीय सवारी चेकजाच गर्ने क्रममा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित २२ बर्षीय छोटु भनिने महम्मद शैयाद रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलनको अयोजना गर्दै घटना सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कोरपियोमा ल्याएको १ हजारका नक्कली नोटहरू बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो ।

गाडी भारतबाटै आएको देखिएको छ । चालक शैयाद पक्राउ परेपनि गाडीमा सवार अर्का व्यक्ति भने फरार रहेकाे सम्मेलनमा जानकारी दिइएकाे छ । नक्कली नोट सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रेग्मीले जानकारी दिनु भयाे । भारतीय सीमावर्ती क्षेत्रका जिल्लाहरुमा ठुलो परिमाणमा नक्कली नेपाली नोट फेला पर्नेक्रम बढेको भन्दै कारोबार गर्ने ठुलो गिरोहनै सक्रिय रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

यस अघि सुनसरी प्रहरीले गत अशोज ५ गते पनि इटहरीबाट १५ लाख रुपैयाँ भन्दा बढीको नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा संखुवासभा पांचखपन नगरपालिका-५ का बिबेक राई र संखुवासभा मकालु गाउपालिका-६ बस्ने अजय राई रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आर्थिक बृद्धिदर बढेकाले लगानी बढाऔंः अर्थ मन्त्री महत
Next post एकै बाेटमा १० हजार मुल्यकाे उत्पादनः झापाकाे कलममा उन्नत जातकाे बयर खेतीमा सफलता (फाेटाे फिचर)