आर्थिक बृद्धिदर बढेकाले लगानी बढाऔंः अर्थ मन्त्री महत

२८ माघ २०८०/(दमक) झापा
देश सकियो भन्ने भ्रामक हल्ला सामाजिक संजालमा फिँजाइए पनि देशको अर्थतन्त्रको अवस्था त्यस्तो नरहेको अर्थ मन्त्री प्रकाश शरण महतले बताउनु भएको छ । झापाको दमकमा आज देखि शुरु भएको प्रदेशस्तीय ५ औं दमक महोत्सव २०८० को उद्घाटन कार्याक्रममा बोल्दै मन्त्री महतले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेकाले देशको भविष्य आशावादी रहेको बताउनु भएको छ । देशको अर्थतन्त्रको अवस्था उकालो लागेकाले लगानी र उपभोग गर्न थाल्न उहाँले व्यवसायीलाई आग्रह समेत गर्नु भएको छ ।


सरकारले पनि अवको दिनमा भौतिक निर्माणमा पर्यटन र कृषिलाई प्राथमिकता दिएर लगानी बढाउने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ‘गत असार मसान्तसम्म देशको आर्थिक बृद्धि दर २ प्रतिशत पनि नभएको अवस्थामा अहिले ५ प्रतिशत पुग्ने एशियाली विकास वैंकको आकालन रहेको छ ।’
यस्तै उहाँले दमक रवि सडकलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने दमकबासीलाई आश्वासन दिनु भयो ।


दमकमा आज देखि शुरु भएको कृषि पर्यटन र व्यापार प्रर्वधन महोत्सव आगामी फागुन १२ गते सम्म हुनेछ । महोत्सवमा १ सय वटा बढी स्टलहरु वुकिङ भइ संचालन हुन थालेका छन् । महोत्सवमा झण्डै ६ करोड रुपयाँको कारोवार हुने अपेक्षा रहेको आयोजक दमक उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महिलाको अगुवाइमा थालिएको विऊ उद्योगबाट झण्डै १ करोड नाफा (फाेटाे फिचर)
Next post सुनसरीमा बढ्याे नक्कली नाेटकाे काराेवारः झण्डै दुई करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ