भुटानी शरणार्थी शिविर बेलडाँगीमा पछारेर मारियाे ८ महिने बच्चा

१ फाल्गुण २०८०, झापा– झापाकाे भूटानी शरणार्थी शिविर बेलडाँगीमा एक बालककाे पछारेर हत्या गरिएकाे छ  । बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७.३० बजेको समयमा दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी, ४ हट नं. ४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाकी एरित ओलीलाई पञ्चवीर घिसिङले पछारेकाेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  ।  पछारे पछि अचेत अवस्थामा पुगेका बालकलाई उपचारका लागि दमक अस्पताल दमक पठाएकोमा उपचार हुन नसके पछि दमकमा रहेकाे किओच बाल अस्पताल दमकमा इसिजीका लागि  पठाईएको थियाे । तर बच्चालाई अस्पताल पुर्याउँदा बच्चाको मृत्यु भईसकेको अस्पतालले जानकारी दिएकाे छ ।
बालकको शव दमक अस्पतालको शवगृहमा राखिएको छ भने बालकलाई पछार्ने घिसिङ र बालककी आमा सुस्मिता बिश्वालाई इलाका प्रहरी कार्यालय दमकमा नियन्त्रणमा लिई घटनाका बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एकै बाेटमा १० हजार मुल्यकाे उत्पादनः झापाकाे कलममा उन्नत जातकाे बयर खेतीमा सफलता (फाेटाे फिचर)
Next post दक्षिणी झापाको गौरादहमा बाढीको जोखिम क्षेत्रमा धमाधम तारजाली सहितको बाँध निर्माण हुँदै (फोटा फिचर)