दक्षिणी झापाको गौरादहमा बाढीको जोखिम क्षेत्रमा धमाधम तारजाली सहितको बाँध निर्माण हुँदै (फोटा फिचर)
२ फाल्गुण २०८०/डिकेश लामा
लामो समय देखि बाढीको चपेटा पर्दै आएको झापाको गौरादह नगरपालिका वडा नं. ५ र ७ क्षेत्रमा बर्षौं पछि यस बर्ष धमाधम बाँध निर्माण भइरहेको छ । एशियाली विकास वैंकको सहयोगमा बाढीको उच्च जोखिम क्षेत्रमा झण्डै ३ किलो मिटर लम्बाइको बाँध निर्माणले बाढी प्रभावितहरुले सुरक्षाको महषुश गर्न थालेका छन् ।
झापाको रतुवा खोलाको चपेटामा पर्दै आएको दक्षिणी झापाको गौरादह नगरपालिका क्षेत्रमा मात्र झण्डै १ हजार हेक्टर बढी जमिन सँधै डुवान र जोखिममा पथ्र्यो । बारम्बार बाढी छेक्न माग गर्दै आएका स्थानीयले यो बर्ष धमाधम काम हुन थाले पछि अव भने गाँस र बासको सुरक्षा गर्न सकिएला कि भन्ने आशा गरेका छन् । स्थानीय गौरादह वडा नं.५ का मिकलाल ऋषिदेवका अनुसार लगाउँदै गरेको बाँधले धेरै टेवा दिन्छ तर केही उत्तरपटिबाट पस्ने बाढीले भने ऋषिदेव बस्ती जोखिममा छ, त्यसैले त्यो क्षेत्रमा पनि चाँडै बाँध निर्माण भए धेरै सुरक्षित हुने् उहाँले बताउनु भयो । यस्तै धनबहादुर थापाका अनुसार अहिले बाँध निर्माण भएको स्थान देखि पुलसम्मै यस्तै दरिलो बाँध निर्माण गर्न सके ६ दशक अघि देखि मानव बसोवास रहेको दर्जनौ बस्ती सुरक्षित हुने बताउनु भयो ।
एशियाली विकास वैंकको ऋण सहयोगमा २ बर्ष अघि ७० करोडमा ठेक्का लागेको बृहत योजना अबको ४ महिनामा सक्नु पर्ने सम्झौता छ । झण्डै १२ किलो मिटर लम्बाई क्षेत्रमा १९ स्थानमा बाँध निर्माण गर्ने काम भइरहेको दोस्रो चरणको ठेक्कामा बाँध निर्माण गर्दै आएको लामा निर्माण सेवाका प्राविधिक कविन्द्र तामाङले बताउनु भयो । तामाङका अनुसार ठेकेदार कम्पनिले आवश्यक सामाग्री सहज र समयै उपलव्ध गराए आफूहरुले काम सक्ने उहाँले बताउनु भयो ।
लामो समय देखि बाढीको समस्या भोग्दै आएको गौरादह क्षेत्रमा यो बाँध निर्माणले दर्जन बढी बस्तीहरु सुरक्षित बन्दैछन् । यसका लागि बाँध निर्माणलाई चाँडो सक्न आफूहरुले समेत अनुगमन र सहजीकरण गर्दै आएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । प्रमुख सुवेदीका अनुसार आफू र नगरपालिकाले टीमले गर्दै आएको अनुगमनमा अहिलेसम्म कुनै कम्जोरी नरहेको बताउनु भयो ।
बाँध निर्माण क्षेत्रमा बस्ती बसोवास रहेको झण्डै ६ दशक पछि पहिलो पटक यसरी व्यवस्थित तारजाली सहितको बाँध निर्माण हुन थालेको हो । झण्डै ३ किलो मिटर क्षेत्रमा बाँध निर्माण गर्ने गरी थालिएको काम बर्षात अगावै सकिए धेरै बस्ती सुरक्षित हुने स्थानीय बासिन्दाले आशा गरेका छन् ।