भजन शिरोमणि भक्तराज आचार्य सँधैका लागि अस्ताए

१४ फाल्गुण २०८०, काठमाडौँ– भजन शिरोमणि भक्तराज आचार्य सँधैका लागि भाैतिक शरीरबाट अलग हुनु भएकाे छ । लामो समयदेखि अल्जाइमरबाट पीडित आचार्यको उपचारको क्रममा आज ललितपुर स्थित मेडिसिटी अस्पताल ८२ वर्षको उमेरमा उनको निधन भएको उहाँको परिवारिक स्रोतले जानकारी दिएको छ ।  घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको थियाे ।

मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ , माया मेरी साँझ बनी डोली चढी आउँछिन्  जस्ता कालजयी झण्डै ४ सय हाराहारीमा गीत र भजनहरू गाउनु भएका आचार्यको जन्म विक्रम सम्वत १९९९ असोजमा भएको थियो । ०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् ।

 आचार्यको पार्थिव शरीर आज अस्पतालमै राखिने र मंगलबार श्रद्धाञ्जली कार्यक्रम राखिने परिवार श्राेतले जानकारी दिएका छन् । आचार्यका श्रीमती, दुई छोरा-बुहारी र दुई नाति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमककाे बालुवाटारकाे सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १७२ जनाविरुद्ध मुद्दा दायर
Next post समावेशी पत्रकारिताको बहसः राज्यले संविधानकै कार्यान्वयन नगरेको दावी