झापामा भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अभ्यासको थलो बन्दै (फाेटाे फिचर)

१९ फाल्गुण २०८०/डिकेश लामा

झापा र इलाम जिल्ला हेर्ने गरी प्रदेश सरकार अन्तर्गत रहेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पछिल्लो समय बर्षेनी विभिन्न विधालयका दर्जन बढी विधार्थीहरुले अभ्यास गर्दै आएका छन् । पशु विज्ञान विषय अध्ययन गर्ने विधार्थीहरुले पशुमा देखिएको रोग र निदानका लागि अभ्यास गरेसँगै गाउँघरमा किसानलाई समेत उपचारमा सहज हुन थालेको छ ।

दक्षिणी झापा कचनकवल गाउँपालिका वडा नं. ५ का दिपेन्द्रलाल गणेशले पशुप्राविधिक विषय पढ्नु भयो । तर पशु प्राविधिकले गर्नु पर्ने पशुको उपचार देखि अपरेशनसम्मको काम गर्न उहाँलाई विधालयमा पढेर मात्र पुगेन । अहिले उहाँले पशु विज्ञ केन्द्रमा अभ्यास कक्षा समेत लिन थाले पछि गाउँघरमै बसेर पनि पशुको उपचार गर्न सक्ने भएको उहाँको अनुभव छ । उहाँका अनुसार पछिल्लो समय गाऊँघरमा आएको पशुको समस्या आफैले समाधान गर्न थालेको बताउनु भयो ।

जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विधार्थीका लागि अभ्यास गर्ने थलोहरु आवश्यक मात्रमा छैनन् । तर सरकारले पशु उपचारमा समेत काम गर्दै आएको भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा भने दैनिक जसो विरामी पशु चौपाय परिक्षणका लागि ल्याउने भएकाले विधार्थीले अभ्यासका लागि केन्द्रलाई छान्ने गरेको मत्स्य प्राविधिक कल्पना अधिकारीले बताउनु भयो । कक्षा ११ र १२ ले ६ महिना र कलेजका विधार्थीले ३ महिनासम्म अभ्यास गर्ने गरेका छन् ।

पछिल्लो समय झापा जिल्लामा प्राविधिक धार अन्तर्गत कृषि, पशु, सिभिल र कम्पुटर लगायतका विषयहरु सामुदायिक विधालयमै अध्यापन गराउन थालेका छन् । जसले गर्दा गाउँघरमा खेती तथा पशुपालन गर्ने किसानलाई प्राविधिक सहयोगक समेत सहज पहुँच हुन थालेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १२ बर्षसम्म पनि पुल हुलाकी सडकमा पर्ने कन्काइ र रतुवामा पुल नबन्दा अझै हटेन जोखिम (फाेटाे फिचर)
Next post रोगका कारण बंगुर पालक किसान विस्थापित हुँदैः झापामा आधा भन्दा धेरै किसानका खोर रितियो