रोगका कारण बंगुर पालक किसान विस्थापित हुँदैः झापामा आधा भन्दा धेरै किसानका खोर रितियो

२० फाल्गुण २०८०/डिकेश लामा

लामो समयसम्मको स्वाइन फिवरका कारण पछिल्लो समय बंगुर पालक किसानहरु विस्थापित हुन थालेका छन् । व्यवसायिक रुपमा वंगुर पाल्ने किसानको बंगुरहरु अधिक मात्रामा मरे पछि किसानहरु विस्थापित हुन थालेका हुन् ।यस अघि फैलिएको स्वाइन फिवरका कारण झापामा बंगुर पाल्ने किसानको संख्या आधा भन्दा कम भएको छ । जिल्लामा सवैभन्दा धेरै बंगुर पाल्ने कमल गाउँपालिकामा यस अघि आएको रोगका कारण बंगुर पालन आधा भन्दा धेरै घटेको गाउँपालिकाका पशु शाखाका प्रमुख दिपेन्द्र लामिछानेले बताउनु भयो । लामिछानेका अनुसार अफ्रिकन र एशियन गरी दुई प्रकारका भाइरस मध्ये अफ्रिकन खतनाक भएको र सो पनि देखा परे पछि पालिकामा आधा भन्दा धेरै किसान विस्थापित भएका छन् । पालिकामा २२ हजार बयस्क बंगुर भएको तथ्यङ्कमा पछिल्लो समय आधा भन्दा कम रहेको उहाँको भनाइ छ ।

गत बर्ष महामारीको रुपमा देखा परेको रोग अफ्रिकन र क्लासिकल गरी दुई प्रकारको फिवर रहेको थियो । जसले गर्दा धेरै फार्महरु रितो अवस्थामा रहेको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका पशु चिकित्सक डा. रोशन दहालले बताउनु भयो । यो भाइरस पुरै खोरबाट रोग नियन्त्रण नभइ पुन नयाँ पालन गरे पनि पुनः रोगबाट आक्रमण हुने भएकाले पछिल्लो समय पनि भाइरस देखा पर्न थालेको छ । भाइरसको समस्या हटिसक्यो कि अझै बाँकी छ भन्ने विषयमा आफूहरुले जाँच गर्ने कार्यलाई तिव्रता पारिएको उहाँले बताउनु भयो ।

पशु चिकित्सकका अनुसार रोग देखा परेको बंगुर फार्ममा लामो समय भाइरस रहने हुँदा तत्काल बंगुर हाल्ने र किनवेच गर्दा रोग अझै फैलने त्रास हुन्छ । फार्मलाई पूर्णरुपमा सुरक्षित गर्न नसके यो रोग पुनः फैलने संभवना रहेको छ ।

कोशी प्रदेशमै बृहतरुपमा बंगुर पालन गर्ने झापाको कमलमा मात्र १ सय २७ वटा व्यवसायिक वंगुर फार्महरु दर्तामा रहेका छन् । तर पछिल्लो समय बंगुरमा देखा परेको स्वाइन फिवरले आधा भन्दा धेरै विस्थापित बन्नु परेको किसानले दुःखेसो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अभ्यासको थलो बन्दै (फाेटाे फिचर)
Next post सहिद सप्ताह समापनः उपेक्षामा परेको सहिद तथा वेपत्ता परिवारको गुनासो (फाेटाे फिचर)