नियन्त्रणकाे प्रयास जारीः १५ घण्टामा पनि प्लाइ उद्याेगमा लागेकाे आगाे नियन्त्रण हुन सकेन

२८ फाल्गुण २०८०/ झापा– झापाकाे मेचिनगर नगरपालिका वडा नं. १५ काे ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा आज विहान देखि भएकाे आगलागी याे समाचार तयार पार्दासम्म ८० प्रतिशत मात्र नियन्त्रणमा आएकाे छ । विहान देखि १० वटा दमकल सहितकाे जनशक्ती, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाकाे ठूलाे जमात आगलागी नियन्त्रणमा जुटिरहँदा पनि आगाे पूर्णरूपमा नियन्त्रणमा आउन नसकेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । आगलागीबाट खासगरी उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेर नष्ट भएको भएकाे छ ।

आज विहान ५ बजेदेखि लागेको आगो काठकाे भुस लगायत कचेडामा रहेकाले नियन्त्रणमा लिन समस्या भएकाे छ ।  उद्योगमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इलाम क्षेत्र नं. २ मा पहिचान पक्षधरको छुट्टै उम्मेद्वार
Next post गौरादहमा घरेलु शीपको प्रदर्शनी र पुरस्कार (फाेटाे फिचर)