नेपालमा आज ६१ निकाे ४८ संक्रमित

२८ फाल्गुन २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ ।

यस्तै ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभर ९ सय २९ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १० हजार ४ सय ३४ पीसीआर परीक्षण भएका छन् भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोभिड खोपः नेपालमा कोभिशील्डको पहिलो मात्रा लिएको छ सातापछि सङ्क्रमित भएकी डा. प्रतिभा पाण्डे के भन्छिन्
Next post दमक ज्योति लोकार्पण गरिने