हाेलीले लियाे उदयपुरका ३ बालककाे ज्यान
११ चैत्र २०८०, उदयपुर– हाेली खेलेर नुहाउन जाँदा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हाेली खेलेर नुहाउने गएका उनीहरू वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ८ बर्षीय चोलकचन्द्र मगर,७ बर्षीय रिदम मगर र ११ बर्षीया रेखा मगर रहेका छन । दिउँसो ३ बजे बालबालिकाहरु धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरु तीनै जना होली खेलेपछि पौडी खेल्न सुनकोशीमा गएका थिए ।
पौडी खेल्न गएका अरु ४ जना बालबालिकालाई भने स्थानीयले कोशी नदीबाट उद्धार गरेको त्रियुगा- १४ का वडाध्यक्ष हेमराज मगरले जानकारी दिनुभयो । बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको वडाध्यक्ष मगरको भनाइ छ ।
More Stories
विऊ धान खेती गर्ने किसानलाई दशैं खर्चले खुशी: ६० हजारसम्म पाए किसानले बाेनस
२२ असोज २०८१/झापा झापाको गौरादह नगरपालिकाको महारानीझोडाका किसानहरुलाई आज एक कार्याक्रमबीच दशैं खर्च वितरण गरिएको छ । सरकारले सुचिकृत गरेका...
औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे
कहिले बन्छ नेपाल चाइना औधोगिक पार्क ? २१ असोज २०८१/सारासन्देश समाचार नेपाल चाइना औधोगिक पार्कको जग्गा अधिग्रहण गरेको लामो समयसम्म...
अझै बासको समस्यामा बाढी पीडितः बाँध फुटेको क्षेत्र उच्च जोखिममा (फाेटाे फिचर)
२० असोज २०८१/डिकेश लामा दक्षिणी झापाका कतिपय बस्तीका घरहरुमा अझै पनि पानी सुकेका छैनन् । नदि तथा खोलामा उचित बाँध...
मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...
धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
१७ असोज २०८१/डिकेश लामा पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको...