झापाको पत्रकार महासंघ सर्वसम्मतिबाट बनाउने प्रयास थालिने

१४ चैत्र २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न निर्वाचनलाई लक्षित गरी प्रेस सेन्टर नेपाल झापाकाे बुधबार वैठक बसेकाे छ । वैठकले भावी कार्यसमिति सर्वसम्मतिबाट चयन गर्ने प्रयास थाल्ने निर्णय गरेकाे छ । यसका लागि वार्ता समिति समेत गठन गरेकाे छ ।

बिर्तामोडमा प्रेस सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापालीको आतिथ्यमा बसेको बैठकले निर्वाचन लक्षित विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले निर्वाचन परिचालन, अनुगमन उपसमितिसहित विभिन्न उपसमिति गठन गरेको हो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको संयोजकत्वमा गठित निर्वाचन परिचालन तथा वार्ता समितिमा पुष्प खड्का र झुलन रेग्मी सदस्य रहेका छन् ।

त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्वमा गठित अनुगमन उपसमितिमा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहेका छन् । सेन्टरले प्रकाश उप्रेतीको संयोजकत्वमा २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको सचिव पुष्प खड्काले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post राष्ट्रिय गौरबको आयोजना: दमक नमूना भ्यूटावर निर्माण सम्पन्न (फाेटाे फिचर)
Next post जंगली हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु श्रीमान् घाइते