जंगली हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु श्रीमान् घाइते
१४ चैत्र २०८०/झापा
सँगै घाँसदाउरा गर्न गएको वेला झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ का दम्पतिमाथि जङ्गली हात्ती आक्रमण गर्दा श्रीमतिको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट श्रीमान् पनि गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा शिवसताक्षी ११ वस्ने ६० बर्षीय पबित्रा भेटवाल रहनु भएको छ । मृतकका श्रीमान् ६२ बर्षीय दिलिप भेटवाल भने हात्तीको आक्रमणबाट गम्भीर घाईते भएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार अपरान्ह पाउने ५ बजे तिर शिवसताक्षी नगरपालिकाको रतुवामाइ बृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न गएको समय हात्तीले आक्रमण गरेको थियो । मृतकको सनाखत गरी आवश्यक कार्वाही बढाइएको छ भने घाईते भेटवालको उपचारका लागी विर्तामोड स्थित बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
More Stories
शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)
२२ कार्तिक २०८१/डिकेश लामा लामो समय भुटानी शरणार्थी बसोवास गरी खाली भएको क्षेत्र सुनसान बन्दै गए पछि भूटानी शरणार्थी स्मृतिका...
स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)
२० कार्तिक २०८१/डिकेश लामा शरणार्थी र स्थानीय समूदायका किसान मिलेर थालिएको खेतीले सफलता लिँदै गएको छ । ३३ बर्ष देखि...
भ्रष्टचारको अन्त्य नभइ देश विकास हुँदैनः पूर्व गृहमन्त्री श्रेष्ठ
१५ कार्तिक २०८१/झापा नेकपा माओवादी केन्द्र पार्टीका उपाध्यक्ष तथा पूर्व गृह मन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टचारको अन्त्य नगरेसम्म समृद्ध मुलुक...
साफ वुमन्स च्याम्पियनसिपकाे उपाधी बंगलादेशले जित्यो
१४ कार्तिक २०८१, काठमाडौं– साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले हात पारेकाे छ । काठमाण्डाैंकाे रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम...
चुलाचुली गाउँपालिकाले अस्पताल संचालनका समावेशी महायज्ञ गर्दै
१४ कार्तिक २०८१/चुलाचुली इलामको चुलाचुली गाउँपालिकाले आधारभूत अस्पताल संचालनका लागि समावेशी महायज्ञ संचालन गर्ने भएको छ । आज गाउँपालिकाको कार्यालयमा...
जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)
१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा...